Home भजनसंग्रह 83 · नेपाली बाइबल

भजनसंग्रह

Chapter 83

नेपाली बाइबल
1हे परमेश्वर, चुपचाप नबस्नुहोस्! तपाईंको कानहरू नथुन्नु होस, कृपया केही त भन्नु होस, परमेश्वर।
2परमेश्वर, तपाईंका शत्रुहरूले तपाईंकै विरूद्ध योजनाहरू बनाउँदैछन् अनि तिनीहरूले चाँडै आक्रमण गर्नेछन्।
3तिनीहरूले तपाईंका प्रिय मानिसहरूको विरूद्ध गुप्त योजनाहरू बनाउँदैछन्। तपाईंका शत्रुहरूले ती तपाईंकै प्रिय मानिसहरूको विषयमा नै योजनाहरू बनाउँदै छन्।
4ती शत्रुहरू भन्दैनन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वंश गरीदिनु होस्। तब कसैले पनि ‘इस्राएल को’ नाम समेत कहिल्यै सम्झना गर्नेछैन।”
5परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन् तपाईं र तपाईंको करार विरूद्व लडाई गर्नलाई जुन तपाईंले हामीसँग गर्नु भएको थियो।
6ती शत्रुहरू हामीसँग लडनलाई एकजुट भएका छन् प्रदोम, इश्माएली मानिसहरू,
7मोआब अनि हागारका भावी सन्तानहरू, गलाबीहरू, अमालेकीहरू, एमालीहरू, पलिश्तीहरू, अनि टायरमा बस्ने जनसमूह। ती सबै हामीसँग लड्नलाई एकजुट भएकाछन्।
8असिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे। तिनीहरूले लूतका सन्तानहरूलाई अति शक्तिशाली बनाए।
9परमेश्वर, तिनीहरूलाई मिद्यानीहरूलाई झैं परास्त पारिदिनु होस्, सिसरा र याबीनहरूलाई किसोन नदीको किनार परास्त पारे झैं पार्नुहोस्।
10तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो। अनि तिनीहरूका सारा शरीरहरू भूइँमा सडी रह्यो।
11परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्। ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्। जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।
12हे परमेश्वर, ती मानिसहरूले हामीलाई तपाईंको यो जमीनबाट खेद्न चाहन्छन्।
13तिनीहरूलाई हावाले उडाएर लैजान। मरीजूना उद्भिद् जस्तै बनाई दिनुहोस हावाले पराललाई छिन्नभिन्न पारे जस्तै तिनीहरूलाई पनि छिन्न-भिन्न पारिदिनु होस्।
14जङ्गलमा आगो लागे झैं ती शत्रुहरूलाई ध्वंश पारिदिनु होस्। डढेलोले पहाडहरू जलाए झैं नाश गरिदिनुहोस्।
15हे परमेश्वर, जसरी तीब्र आँधीले धूलो उडाउँछ तिनीहरूलाई पनि त्यसरी नै खेदाउनुहोस्। हल्लाउँदै तिनीहरूलाई तूफान जस्तै टाढा-टाढा उडाई खेदी दिनुहोस्।
16परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने बोध होस्। त्यसपछि तिनीहरूले तपाईंको नाउँलाई उपासना गर्नेछन्।
17हे परमेश्वर, तिनीहरूलाई भयग्रस्त पार्नुहोस् अनि सदाको निम्ति लज्जित तुल्याउनु होस्। तिनीहरूलाई अपमानित तुल्याउनु होस् अनि ध्वंश पार्नु होस्।
18तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्। तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन् तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्। सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme