Home एज्रा 1 · नेपाली बाइबल

एज्रा

Chapter 1

नेपाली बाइबल
1प्रथम वर्षमा कोरेस फारस का राजा थिए। अगमवक्ता यर्मियाह द्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः
2“फारसका राजा कोरेस यो भन्नुहुन्छःपरमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ।
3उहाँका समस्त मानिसहरू मध्ये को तिमीहरूसित छन? तिनीहरूका परमेश्वर तिनीहरूका साथ रहून्। अनि परमप्रभु, इस्राएलका परमेश्वर, जो परमेश्वर यरूशलेम रहनुहुन्छ र उहाँको मन्दिर निर्माण गर्न यहूदाको मानिसहरू यरूशलेममा जान सक्छन्।
4जो यहूदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामाग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिरको निम्ति सहायता गरोस्।”
5तब यहूदा अनि बिन्यामिन कुलका अगुवाहरू अनि पूजाहारीहरू र लेवीहरू जानलाई तयार भए। प्रत्येक व्यक्तिलाई परमेश्वरले यरूशलेममा परमप्रभु को मन्दिर निर्माण गर्न जानको निम्ति प्रेरणा दिनु भयो।
6तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-ताल अनि पशु-प्राणिहरूको साथै मुल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे।
7राजा कोरेसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्त्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए।
8फारसका राजा कोरेसले ती सामान कोषाध्यक्ष मिथ्रेदयलाई सुम्पिदिए। अनि मिथ्रेदयले यहूदाका राजकुमार शेशबस्सरको निम्ति गन्ती गरिदिए।
9यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियोःसुनका बटुकाहरू 30चाँदीका बटुकाहरू 1000छुरीहरू 29
10सुनका सानो बटुकाहरू 30अन्य स-साना चाँदीका बटुकाहरू 410अन्य भाडाहरू 1,000
11त्यहाँ जम्मा 5,400 सुन अनि चाँदीका वस्तुहरू थिए। शेशबस्सरले यी सबै चीज बीजहरू बाबेलवाट कैदीहरूलाई यरूशलेममा ल्याउँदा ल्याएका थिए।र्
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme