भजनसंग्रह
Chapter 39
नेपाली बाइबल1मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु। म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन। जब म कपटी मानिसको चारैतिर हुन्छु म मेरो मुख बन्द राख्ने छु।”
2यसैले मैले केही भनिनँ। मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ। तर मेरो मनोव्याथा अझ बढ्यो।
3म एकदमै रिसाएको थिएँ अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ, यसैले मैले केही भनें।
4हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ? भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु? मेरो आयु कति छोटो छ, म जान्न पाऊँ!
5परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो। तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन बादल जस्तो छ जुन चाँडै विलिन हुँदछ, कुनै पनि मानिस सदा सर्वदा बाँच्दैन!
6हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं, तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।
7यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ? तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ।
8हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्। मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।
9म आफ्नो मुख खोल्ने छैन म केही पनि भन्ने छैन। परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।
10तर परमेश्वर, मलाई शान्ति दिन थाम्नु होस् यदि तपाईं थामिनु भएन भने मलाई ध्वंश पार्नुहुनेछ!
11हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो, तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्। जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ। हो, हाम्रो जीवन चाँडै नै हराउने जाने बादल जस्तो छ।
12हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्! मेरा ती विलापका शब्दहरू सुन्नुहोस्, मेरा आँसुहरू हेर्नुहोस्। तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ। मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु।
13हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस् अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.