Home भजनसंग्रह 113 · नेपाली बाइबल

भजनसंग्रह

Chapter 113

नेपाली बाइबल
1परमप्रभुको प्रशंसा गर! परमप्रभुका दासहरू उहाँको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर।
2परमप्रभुको नाउँ अहिले र सदा-सर्वदालाई धन्य बनी रहोस्।
3परमप्रभुको नाउँको प्रशंसा पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
4परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ। उहाँको महिमा स्वर्गमाथि सम्म जान्छ।
5कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन। परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
6परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ। उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
7परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो। परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
8अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
9एउटी स्त्रीको नानीहरू नहुन सक्लान तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ! परमप्रभुको प्रशंसा गर!
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme