भजनसंग्रह
Chapter 120
नेपाली बाइबल1म संकटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो!
2हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।
3झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।
4सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ।
5तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ।
6म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें।
7मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे।
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.