भजनसंग्रह
Chapter 150
नेपाली बाइबल1परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर! उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर!
2परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर। उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर!
3नरसिंहा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर! वीणाहरू बजाएर उहाँको प्रशंसा गर।
4खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर। तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर। बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
5झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर! झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर!
6प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर। परमप्रभुको प्रशंसा गर!
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.