Home भजनसंग्रह 124 · नेपाली बाइबल

भजनसंग्रह

Chapter 124

नेपाली बाइबल
1मलाई जवाफ देऊ, इस्राएल हामी माथि कस्तो घटना घट्ने थियो होला। यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए?
2जब मानिसहरूले हामीलाई आक्रमण गरे त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो?
3हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए, जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे।
4हाम्रो शत्रुहरूका सैनिकहरूले हामीलाई बाढीले बगाए झै र नदीले हामीलाई डुबाए झै पार्ने थिए।
5ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठूने पानी भए हामीलाई डुबाउने थियो।
6परमप्रभुको प्रशंसा गर! हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न।
7हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं। जाल फाट्यो अनि हामी मुक्त भयौ!
8हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ। परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme