भजनसंग्रह
Chapter 12
नेपाली बाइबल1हे परमप्रभु मलाई बचाउनु होस्! अब धार्मिक मानिसहरू छैनन्। त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।
2मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
3परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।
4ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं अनि त्यो अत्यन्त मुख्य हुँदछ। के भन्नु पर्ने हामी जान्दछौं, यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”
5तर परमप्रभु भन्नुहुन्छ, ‘दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्, तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन् तर म ती असहाय मानिसहरूको पक्ष लिएर लडाइँ गर्नेछु।”
6परमप्रभुका वचनहरू तातो आगोमा बिलाएको चाँदी जस्तो सत्य र शुद्ध छन्। तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।
7हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्। तिनीहरूलाई अहिले र सधैंभरिका लागि सुरक्षा दिनु होस्।
8ती दुष्ट मानिसहरू महत्वपूर्णका हूँ भनी अभिनय गर्छन्। तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन् जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.