Home हिब्रू 1 · नेपाली बाइबल

हिब्रू

Chapter 1

नेपाली बाइबल
1अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो।
2अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसंग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो।
3पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।
4परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू रू भन्दा महान् हुनुहुन्छ।
5परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता बनेको छु।” भजनसंग्रह 2:7उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन “म तिनका पिता बन्नेछु र तिनी मेरा पुत्र बन्नेछन्।”
6अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाईयस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ“परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।”
7स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ,“परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतासजस्तो बनाउनुभयो, अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।”
8तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो“हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।
9तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टलाई घृणा गर्नुहुन्छ, त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंको साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”
10परमेश्वर अझै भन्नुहुन्छ“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।
11“यी सब विनाश भएर जाने छन् तर तपाईं सदाकाल रहिरहनु हुनेछ अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्
12तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ। ती फेरि वस्त्र झै बद्लिने छन्, तर तपाईं कहिल्यै बद्लिनु हुने छैन। तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”
13अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई करिल्यै भन्नुभएन“तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्, जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।”
14सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme