भजनसंग्रह
Chapter 6
नेपाली बाइबल1हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
2हे परमप्रभु, ममाथि दया राख्नुहोस् कारण म रोगी र कमजोर छु। मलाई निको पार्नुहोस्! मेरो हड्डीहरू दुःखिरहेका छन्।
3मेरो सम्पूर्ण शरीर कामि रहेकोछ, परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
4परमप्रभु, फेरि फर्की आउँनुहोस् र मलाई बलियो बनाउनुहोस! तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
5मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन्। मृत्युको घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्। यसैले मलाई निको पार्नुहोस्!
6हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
7मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए। त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो। अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।
8दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
9परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।
10मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्। अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.