तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।
Cross references
परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “‘तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।”‘ यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो।
तब हारूनले मोशालाई भने, “महाशय विन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पाप दया गरी माफ दिनुहोस।
तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।”नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ।
परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”
परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ। यदि मैले पाप गरेको छु भने, सजाय दिनुहोस्, मैले के गर्न पर्छ र? किन तपाईंले मलाई निशाना बनाई प्रयोग गर्नु भयो? के म तपाईंको निम्ति एक समस्या भएको थिएँ र?
म किन त्यसो भन्छु? किनभने अय्यूब भन्दछ, यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने, ‘कुनै पनि मानिसले केही पनि उपलब्ध गर्दैन।’
परमप्रभु! आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। अनि सबै घटनाहरू भएको देख्नु हुन्छ परमप्रभुले मानिसहरूलाई असल अथवा दुष्ट भनी एकदम नजिकबाट हेर्नु हुन्छ।
परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर स्वर्गबाट तल हेर्नुहुन्छ। ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।
परमप्रभुका शिक्षाहरू अतिऊत्म् छन्। तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्। परमप्रभुको व्यवस्था विश्वास योग्यको छ। यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
हामीले परमेश्वरको विरूद्ध पाप गर्यौ। तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन जसको लागि हामी योग्य थियौं।
म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु। म झूटो शिक्षाहरूलाई घृणा गर्दछु।
हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।
परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।
परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।
जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।
कतिपय देशहरूमा तिमीले यस्ता दीन-हीन मानिसहरू देख्छौ जसलाई कठोर मेहनत गर्न वाध्य गरिन्छ। तिमी बुझ्न सक्छौ कि गरीबहरू प्रति यस्तो व्यवहार राम्रो होइन। यो गरीबहरूको अधिकारको विरूद्ध ठहरिन्छ। तर अचम्म नमान। जो शासकले ती मानिसहरूलाई काम गर्न वाध्य तुल्याउँछन् तिनलाई वाध्य तुल्याउने अर्को शासक पनि हुन्छन्। अनि अझै अर्को एक शासक पनि हुन्छ, जसले यी दुवै शासकहरूलाई काम गर्न वाध्य गराउँछन्।
पूजाहारीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ मानिसहरू जसले व्यवस्था जान्दछन् मलाई जान्न चाहेनन्। इस्राएलका मानिसहरूका शासकहरू मेरो विरूद्ध खडा भए। अगमवक्ताहरूले झूटा देवता बालको नाउँमा अगमवाणी गरे। तिनीहरूले महत्वहीन मूर्तिहरूलाई दण्डवत गरे।”
तिमीले आफ्नो खराब कर्म स्वीकार्नु पर्छ। तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरूध अपराध गरेका छौ। प्रत्येक हरियो रूखमनि तिमीले पराई देवताहरू पज्यौ। तिमीले मेरो कुरा सुनेका छैनौं।” यो सन्देश परमप्रभुबाट आएको हो।
मैले देख्न सक्तिन भन्ने विचारमा एउटा मानिसले आफैलाई लुकाउन सक्ला। तर यो मूर्खता हो। के म स्वर्ग र पृथ्वी र्भदिन र?” परमप्रभुले यसो भन्नुभयो।
मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।
तिमीहरूले तिनीहरूको बस्ने ढंग अनि तिनीहरूले गर्ने नराम्रो काम देख्नेछौ। त्यसपछि तिमीले सम्झने छौ कि तिनीहरूलाई दण्ड दिने उचित कारण मसँग थियो।” परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नुभयो।
यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिनसक्छ?
म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें
“त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गरयो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।
तिमीहरू दुष्ट कर्महरू गर्दै बाँच्यौ। ती कुराहरूका लागि अहिले तिमीहरू लज्जित छौ। के ती कुराहरूले तिमीहरूलाई साथ दियो? अहँ! ती कुराहरूले आत्मिक मृत्यु ल्याँउछ।
तब त्यसैले व्यवस्था नै पवित्र हो, अनि आज्ञा पनि पवित्र, धार्मिक र राम्रो हो।
यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु।
भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।
यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।