कतिपय देशहरूमा तिमीले यस्ता दीन-हीन मानिसहरू देख्छौ जसलाई कठोर मेहनत गर्न वाध्य गरिन्छ। तिमी बुझ्न सक्छौ कि गरीबहरू प्रति यस्तो व्यवहार राम्रो होइन। यो गरीबहरूको अधिकारको विरूद्ध ठहरिन्छ। तर अचम्म नमान। जो शासकले ती मानिसहरूलाई काम गर्न वाध्य तुल्याउँछन् तिनलाई वाध्य तुल्याउने अर्को शासक पनि हुन्छन्। अनि अझै अर्को एक शासक पनि हुन्छ, जसले यी दुवै शासकहरूलाई काम गर्न वाध्य गराउँछन्।
Cross references
आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘
परमेश्वरले एउटा स्वर्गदूतलाई यरूशलेम ध्वंश त गर्न पठाउनु भयो। तर जब ती स्वर्ग दूतले यरूशलेमलाई ध्वंशत गर्न शुरू गरे परमप्रभुले त्यो देख्नु भयो अनि उहाँलाई दुःख लाग्यो यसर्थ परमप्रभुले यरूशलेमलाई नाश नपार्ने निश्चय गर्नुभयो। परमप्रभुले स्वर्गदूतलाई जो नाश गर्दै थिए, भन्नुभयो, “रोक! यति नै पर्याप्त छ।” परमप्रभुका स्वर्गदूत यबूसी ओर्नानको खलामा उभिएका थिए।
उज्जियाहले मरूभूमिमा किल्लाहरू निर्माण गरे। तिनले अनेक कुवाहरू पनि खनाए। तिनीसित पहाडी देश अनि समतल भूमिमा प्रशस्त गाई-बस्तुहरू थिए। उज्जियाहका पर्वतहरू अनि असल उब्जनी हुने भूमिका कृषक थिए। तिनीसित ती व्यक्तिहरू पनि थिए जसले दाख उम्रने खेतहरूको हेरचाह गर्थे। तिनीले खेती-पाती मन पराउँथे।
किन? किनभने पापी मानिसले गरीब मानिसहरूलाई घात पार्दछ अनि गल्ती हिसाबले उसलाई जोख्दछ। उसले तिनीहरूको चिन्ता नै गरेन अनि उसले तिनीहरूका चीजबीचहरू लगिदियो। अरूले बनाएको घरहरू त्यसले खोसेर लगिदियो।
दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्। उसले आफैमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्।
जुन मानिसले परमेश्वरको पर्वाह राख्दै त्यो मानसि मर्दा त्यसको केही आशा हुँदैन। जब परमेश्वरले उसको प्राण लानु हुन्छ उसका निम्ति केही आशा रहँदैन।
हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्। उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्!
तर परमप्रभु भन्नुहुन्छ, ‘दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्, तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन् तर म ती असहाय मानिसहरूको पक्ष लिएर लडाइँ गर्नेछु।”
मेरो स्वामी, तिनीहरूका झूटो कुराहरू बन्द गर्नुहोस्। मैले यस शहरमा उपद्रो र झगडाहरू देखें। प्रत्येक रात-दिन, हरेक छिमेकीपनमा, यो शहर अपराध र बर्बरताले भरिपूर्ण भयो।
जब दुष्ट मानिसले सजाय पाएको देख्छ तब धार्मिक मानिस खुशी हुन्छ। उ सबै शत्रुहरूलाई परास्त गर्ने सिपाही जस्तो हुनेछ।
परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ। उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।
तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्। तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन् तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्। सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।