म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें
Cross references
“तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे,
त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’
बाँचेकाहरू अपेक शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके।
शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं?
जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए।
मनश्शेको प्रार्थना परमेश्वरले कसरी सुनीदिनु भयो अनि तिनी प्रती दुःखित हुनु भयो, सो “दर्शीहरूको पुस्तकमा” लेखिएको छ। मनश्शेका तिनी स्वयं विनम्र हुनु भन्दा अघिका पापहरू र गल्तीहरू, ती स्थानहरू जहाँ तिनले उच्च स्थानहरू निर्माण गरेका थिए अनि अशेरा स्तम्भहरू स्थापित गरेका थिए सो पनि “दर्शीहरूको पुस्तकमा” लेखिएका छन्।
तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।
यसैले मानिसहरू दण्डित भए भने, यदि तिनीहरू साङ्गलो र डोरीहरूले बाँधिए भने, अनि तिनीहरूले गरेका कर्महरूको विषयमा परमेश्वरले भन्न हुनेछ,
हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु। तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।
परमेश्वर मैले तपाईंलाई घरिघरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
म जान्दछु मैले पाप गरें। म सधैं ती पापहरू देख्दछु।
म मर्न आटेको थिंए। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। चिहान मेरो वरिपरि थियो म भयभीत र चिन्तित थिएँ।
आवश्यकता अनुसार नानीलाई सधैं सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन।