Home Bibles ☰ Books अय्यूब 7:20 · नेपाली बाइबल
अय्यूब 7:20 · नेपाली बाइबल

परमेश्वर तपाईंले मानिसहरूमाथि नजर राख्नुहुन्छ। यदि मैले पाप गरेको छु भने, सजाय दिनुहोस्, मैले के गर्न पर्छ र? किन तपाईंले मलाई निशाना बनाई प्रयोग गर्नु भयो? के म तपाईंको निम्ति एक समस्या भएको थिएँ र?

Cross references

नहेम्याह 9:6

तपाईं परमेश्वर हुनुहुन्छ, हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग अनि त्यसमा तारा-मण्डल बनाउनु भयो। तपाईंले पृथ्वी अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू अनि त्यसमा भएका हरेक बस्तुहरू बनाउनु भयो। तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो, अनि स्वर्गका तारा-मण्डलले तपाईंको आराधना गर्छन्।

अय्यूब 3:24

जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु। मेरा गुनासोहरू पानी झैं बग्छन्।

अय्यूब 6:4

सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्। मेरो आत्मा ती काँडहरूदेखि विषको अनुभव गर्दछु। परमेश्वरका डरलाग्दा हतियारहरू मेरो विरूद्धमा लस्कर लागेका छन।

अय्यूब 7:11

यसैले म चुपचाप रहने छैन। म बोल्नेछु। मेरो आत्माले कष्ट पाएको छ। म गुनासो गर्नेछु किनभने मेरो आत्मा दुःखमा छ।

अय्यूब 9:29

यदि म दोषी ठहरी सकेको छु भने आफ्नो परीक्षा किन गरिरहने। म भन्छु, ‘यो भुलिदेऊ।’

अय्यूब 10:2

म परमेश्वरलाई भन्ने छुः ‘मलाई दोष नदिनु होस्। मलाई भन्नुहोस, मैले के गल्ती गरेको छु? मसित विरोध गर्ने तपाईंसंग के कारण छ?

अय्यूब 10:6

तपाईंले मेरो दोष खोज्नु हुन्छ अनि मेरो पाप खोज्नु हुन्छ।

अय्यूब 13:26

हे परमेश्वर, तपाईंले मेरो विरूद्ध तिक्त कुराहरू गर्नुभयो। तपाईंले मलाई ठिटौले हुँदा गरेको दुष्कर्मको लागि दुःख दिनुहुन्छ।

अय्यूब 14:16

तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ, तर तपाईंले मेरो पापहरू सम्झनु हुन्न।

अय्यूब 16:12

जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो। तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो र मलाई उहाँको तारोको रूप प्रयोग गर्नुभयो।

अय्यूब 22:5

होइन, यो तिम्रो धैरे दुष्टकर्महरूको कारणले हो। अय्यूब, तिमीले कहिल्यै तिम्रो दुष्टकर्म रोकेनौ।

अय्यूब 31:33

अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन तर मैले मेरो दोष कहिल्यै लुकाइन।

अय्यूब 33:9

तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु, मैले केही गल्ती काम गरिनँ म दोषी छैन।

अय्यूब 33:27

तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।

Interlinear

Choose Theme