Home Bibles ☰ Books अय्यूब 33:28 · नेपाली बाइबल
अय्यूब 33:28 · नेपाली बाइबल

परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो। अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’

Cross references

अय्यूब 3:9

त्यो प्रातः कालको तारा अन्धकारमा रहोस्। त्यो रातले बिहानलाई पर्खिरहेको होस् तर त्यो प्रकाश कहिल्यै नआवोस्। यसले सूर्यको प्रथम किरणसम्म नदेखोस्।

अय्यूब 3:16

किन म आमाको गर्भमा नै तुइनँ? म त्यस्तो बालक हुन चाहन्थें जसले दिनको उज्यालो नै देख्न पाएन।

अय्यूब 3:20

किन पीडित मानिसहरू मात्र सधैं बाँच्नै पर्छ? जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु?

अय्यूब 17:16

के मेरो आशा मसँगै मरेर जानेछ? के यो मृतलोकमा जानेछ? के हामी साथसाथै मैला धूलोमा सँगै जानेछौं?”

अय्यूब 22:28

यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।

अय्यूब 33:18

परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ। परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाँउनुहुन्छ।

अय्यूब 33:20

तब त्यस मानिसले खान सक्तैन्। त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।

अय्यूब 33:22

त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ अनि उसको जीवन सम्मुखिन हुन्छ।

अय्यूब 33:24

त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्। उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’

भजनसंग्रह 49:19

तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ, अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन।

भजनसंग्रह 55:23

हे परमेश्वर तपाईंको करार अनुसार, ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ, मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।

भजनसंग्रह 69:15

पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्। गहीरो प्वालले मलाई निल्न नदिनुहोस्। मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्।

भजनसंग्रह 103:4

परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।

यशैया 9:2

ती मानिसहरू अन्धकारमय संसारमा बाँचेका थिए। तर तिनीहरूले “दिव्य ज्योति” देख्नेछन्। तिनीहरू अँध्यारोमा बसेका थिए, तर दिव्य ज्योति तिनीहरूमाथि चम्किनेछ।

यशैया 38:17

हेर! मेरा कष्टहरू गए। अब मलाई शान्ति छ। तपाईंले मलाई असाध्य प्रेम गर्नुभयो। तपाईंले मलाई चिहानमा सडन दिनु भएन तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो। तपाईंले मेरो सबै पापहरू टाढा फालिदिनु भयो।

यूहन्ना 11:9

येशूले उत्तर दिनुभयो, “दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंडछ भने ऊ ठोक्किने छैन र लडने छैन। किन? किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ?”

प्रकाश 20:1

मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिहरेको देखें। त्यो स्वर्गदूतसित अतल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्लो पनि समातेको थियो।

Interlinear

Choose Theme