Home Bibles ☰ Books इजकिएल 14:23 · नेपाली बाइबल
इजकिएल 14:23 · नेपाली बाइबल

तिमीहरूले तिनीहरूको बस्ने ढंग अनि तिनीहरूले गर्ने नराम्रो काम देख्नेछौ। त्यसपछि तिमीले सम्झने छौ कि तिनीहरूलाई दण्ड दिने उचित कारण मसँग थियो।” परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नुभयो।

Cross references

उत्पत्ति 18:22

तब ती मानिसहरु फर्के अनि सदोम तर्फ हिंडन थाले। तर अब्राहाम परमप्रभुकोअघि उभिए।

लेवी 26:40

“तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे,

लेवी 26:41

यदि तिनीहरूले म तिनीहरूको शत्रु भएको र शत्रुहरूको देशमा पठाएको सत्य स्वीकारे अनि तिनीहरू मेरो निम्ति विदेशीहरू झैं भए पनि यदि तिनीहरूको दुष्ट हृदयलाई नम्र पारी आफ्नो पापको दण्ड भोग्छन् भने,

व्यवस्था 8:2

अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरूभूमिमा चालीस वर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो।

नहेम्याह 9:33

हामी माथि घटेका समस्त घटना प्रति तपाईंले न्याय हुनु भएकोछ यद्यापि हामीले दुष्ट कार्यहरू गर्यौ।

अय्यूब 33:27

तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।

हितोपदेश 26:2

तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चंचल चरा उडेर गए जस्तै हो।

यर्मिया 7:17

यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूमा तिनीहरूले के गरिरहेका छन् तिमी देख्न सक्तैनौ?

यर्मिया 22:8

“धेरै राज्यका मानिसहरू यही शहर भएर जानेछन्। तिनीहरूले एकार्कामा सोध्नेछन्, ‘किन परमप्रभुले त्यस्तो डरलाग्दो कुरा यरूशलेम प्रति गर्नुभयो? यरूशलेम त्यस्तो महान शहर थियो।’

इजकिएल 7:27

तिमीहरूको राजा तिनीहरूको निम्ति रूनेछन् जो मरिसकेको छ। अगुवाहरूले शोक वस्त्र लगाउने छन्। साधरण मानिसहरू अत्यन्तै डराउँनेछन्। किन? किनकि म त्यसको बदला लिन्छु जुन तिनीहरूले गरेका छन्। म तिनीहरूलाई निश्चय दण्ड दिनेछु। त्यति बेला तिनीहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।”

इजकिएल 8:6

तब परमेश्वरले मलाई भन्नुभयो, “मानिसको छोरा! के तिमीले देख्यौ इस्राएलका मानिसहरूले कति डरलाग्दा कुराहरू गरिरहेका छन्? तिनीहरूले त्यो चीज यहाँ मेरो मन्दिरको छेउमा बनाएकोछ। यदि तिमी मसँग आयौ भने त्यो भन्दा पनि अझै भयंकर चीजहरू देख्नेछौ।”

इजकिएल 9:8

जब ती मानिसहरूले, मानिसहरूलाई मार्न गए, त्यति बेला म त्यहीं उभिरहें। मैले मेरो शिर भूईतिर निहुराएर कराए, “परमप्रभु मेरो मालिक तपाईं यरूशलेमको विरूद्ध क्रोध प्रकट गर्नका निम्ति तपाईंले इस्राएलमा बाँचेका सबै मानिसहरू मार्दैहुनु हुन्छ?”

दानियल 9:7

“हे परमप्रभु, तपाईं असल हुनुहुन्छ अनि सदचारिता तपाईंकै हो! तर आज लाज हाम्रो हो। लाज यहूदा र यरूशलेमका मानिसहरूबाट हो। लाज इस्राएलका सबै मानिसहरूको हो। मानिसहरू जो नजिकमा छ। अनि मानिसहरू त्यसको टाडामा छन्। परमप्रभु तपाईंले ती मानिसहरूलाई धेरै जातिहरूको बीचमा छरपष्ट पार्नु भयो। अनि ती देशमा भएका इस्राएलका मानिसहरू लज्जित हुनुपर्छ। तिनीहरूले तपाईंको विरूद्धमा नराम्रो काम गरेका हुनाले तिनीहरू लज्जित हुनुपर्छ, परमप्रभु!

दानियल 9:14

यसकारण परमप्रभुले आफ्नो समयमा यो विपत्ति हामीमाथि ल्याउनु भयो। आफूले गर्नु भएका सबै कुरामा परमप्रभु हाम्रा परमेश्वर ठीक हुनुहुन्छ तर पनि हामीले उहाँको आज्ञा पालन गरेका छैनौं।

Interlinear

Choose Theme