Home Bibles ☰ Books अय्यूब 33:26 · नेपाली बाइबल
अय्यूब 33:26 · नेपाली बाइबल

त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ। त्यो मानिस आनन्दले चिच्याउने छ अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ।

Cross references

गन्ती 6:25

परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्, अनि तिमीहरूमाथि अनुग्रह गरून्।

1 शमूएल 26:23

परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहदिन।

2 राजा 20:2

हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए। उनले परमप्रभुलाई प्रार्थन् गरे अनि भने,

2 इतिहास 33:12

जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए।

2 इतिहास 33:19

मनश्शेको प्रार्थना परमेश्वरले कसरी सुनीदिनु भयो अनि तिनी प्रती दुःखित हुनु भयो, सो “दर्शीहरूको पुस्तकमा” लेखिएको छ। मनश्शेका तिनी स्वयं विनम्र हुनु भन्दा अघिका पापहरू र गल्तीहरू, ती स्थानहरू जहाँ तिनले उच्च स्थानहरू निर्माण गरेका थिए अनि अशेरा स्तम्भहरू स्थापित गरेका थिए सो पनि “दर्शीहरूको पुस्तकमा” लेखिएका छन्।

अय्यूब 19:27

म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्नेछु। म मात्रै अन्य कोही पनि होइन, परमेश्वरलाई देख्नेछु। मेरो इच्छाको खिंचाईलाई मेरो हृदयले थाम्न सक्तैन।

अय्यूब 22:26

तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ। तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ।

अय्यूब 34:11

मानिसहरूले गरेका कर्महरूको फल परमेश्वरले दिनु हुनेछ। परमेश्वरले कर्म जस्तो छ त्यस्तै फल दिनुहुनेछ।

अय्यूब 34:28

ती दुष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन् अनि परमेश्वरलाई गुहार्नका लागि वाध्य गराउँछन्। परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ।

अय्यूब 42:8

यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।”

भजनसंग्रह 4:6

धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”

भजनसंग्रह 6:1

हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।

भजनसंग्रह 16:11

तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ। तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ। तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।

भजनसंग्रह 18:20

म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ। मैले अलिड्ढति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।

Interlinear

Choose Theme