म किन त्यसो भन्छु? किनभने अय्यूब भन्दछ, यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने, ‘कुनै पनि मानिसले केही पनि उपलब्ध गर्दैन।’
Cross references
म आफैलाई भन्छु, ‘त्यस्तै कुराहरू सबैमाथि घटिरहन्छन्। निर्दोष मानिसहरू दोषी झैं मर्छन्। परमेश्वरले सबैको जीवनलाई समाप्त गर्नुहुन्छ।’
यदि मैले स्वयंलाई हिऊँले धोएँ भने अनि साबूनले हातहरू सफा राखें भने,
तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”
अनि दुष्टहरूले भन्छन्, ‘सर्वशक्तिमान परमेश्वर को हो? हामीलाई उसको सेवा गर्ने खाँचो छैन। उसलाई प्रार्थना गरेर हामीले के पाउँछौ?’
जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्। जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।
यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अहँ! यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अहँ।
ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्, सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’
त्यस मानिसले सर्वशक्तिमान परमेश्वरसंग कुरागर्दै आनन्द लिन सक्नुपर्थ्यो। त्यस मानिसले सदा नै परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो।
अनि अय्यूब, तिमी परमेश्वरलाई सोध ‘यदि उसले परमेश्वरलाई खुशी पार्ने चेष्टा गरे त्यो मानिसलाई के लाभ हुन्छ? यदि मैले पाप गरिन भने मलाई के लाभ हुनेछ?’
आनन्दसित परमप्रभुको सेवा गर अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
अब ती मानिसहरू भन्दछन्, “तपाईंलाई सम्मान गर्न हामीले उपवास बस्यौ। तर तपाईंले किन हामीलाई हेर्नुहन्न? हामीले हाम्रो शरीरहरूलाई तपाईंको सम्मान गर्नु पीडा दियौ। तपाईंले किन हामीलाई हेरचाह गर्नुहुन्न?”तर परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले विशेष दिनमा उपवास बसेर स्वयंलाई आनन्दित पार्यौ। अनि तिमीहरूले आफ्ना दासहरूलाई दण्ड दियौ।
तिमीहरूले भन्यौ, “परमप्रभुको उपासना गर्न ब्यार्थछ। हामीले ती कामहरू गर्यौ जुन परमप्रभुले गर्नु भन्नुभयो, तर हामीले केही पनि पाएनौं। हामीहरू आफ्नोपापको लागि त्यति नै दुःखीछौं जति शोकमा परेको मानिस दुःखी हुन्छ। यसबाट केही पनि काम भएन।