Home Bibles ☰ Books यशैया 30:23 · नेपाली बाइबल
यशैया 30:23 · नेपाली बाइबल

त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति वर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ।

Cross references

उत्पत्ति 41:18

त्यहाँ नदीबाट सातवटा गाईहरू निस्किए अनि किनारमा घाँस खाँदै उभिए। तिनीहरू हेर्दा स्वस्थ र राम्रा देखिने जनावर थिए।

उत्पत्ति 41:26

दुवै सपनाहरूको अर्थ वास्तविक रूपमा एउटै हो। सातवटा राम्रा-राम्रा गाईहरू र सातवटा राम्रा-राम्रा अन्नको बालाहरूको अर्थ राम्रा सात वर्षहरू हुन्।

उत्पत्ति 41:47

सहकालको सात वर्षको समयसम्म देशमा राम्रो उब्जनी भयो।

लेवी 25:19

अनि जमीनले प्रशस्त बाली उब्जाउनेछ र तिमीहरूसित अन्नको केही कमी नहुँदा तिमीहरू आनन्दले बाँच्नु सक्छौ।

लेवी 26:3

“मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर।

लेवी 26:5

तिमीहरूको दाई अंङ्गूर टिप्ने समयसम्म रहनेछ अनि अंङ्गूर टिपाई फसल रोप्ने समयसम्म रहनेछ। तिमीहरू जति चाहन्छौ त्यति खानेछौ अनि आफ्नो भूमिमा सुरक्षित बस्नेछौ।

व्यवस्था 11:14

यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ।

भजनसंग्रह 36:8

परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्। तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।

भजनसंग्रह 65:9

तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ। परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो अनि त्यहाँको पानीले उप्जनी गराउँछ।

भजनसंग्रह 67:7

हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्। अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरसँग डर राखुन् र श्रद्धा गरून्।

भजनसंग्रह 104:13

परमेश्वरले वर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ। चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।

भजनसंग्रह 107:35

परमेश्वरले मरूभूमिलाई पानीको पोखरीमा परिवर्त्तन गर्नुभयो। परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो।

भजनसंग्रह 144:12

हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।

यशैया 4:2

त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर र्गवित हुनेछन्।

यशैया 5:6

म मेरो दाखबारीलाई रित्तो मैदान पारिदिनेछु। कसैले पनि बिरूवाहरूको ख्याल गर्ने छैन। कसैले पनि खेतमा काम गर्ने छैन्। त्यहाँ बेकामको झार-काँढाहरू मात्र उम्रनेछन्। म बादललाई पृथ्वीमा पानी नपार भनेर आज्ञा दिनेछु।”

Interlinear

Choose Theme