Home Bibles योएल 2:21 · नेपाली बाइबल
योएल 2:21 · नेपाली बाइबल

हे देश नडरा! तँ खुशि भएर रमाइलो गर, किनकि परमप्रभुले ठूला-ठूला काम गर्नु हुनेछ।

Cross references

उत्पत्ति 15:1

यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”

व्यवस्था 4:32

“अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन!

1 शमूएल 12:16

अब अझै चुपचाप उभिएर त्यो अचम्मको कामलाई हेर, जुन परमप्रभुले तिमीहरूका आँखा अगाडि गर्नुहुनेछ।

1 शमूएल 12:24

तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नैपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं।

भजनसंग्रह 65:12

तपाईंले मरूभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।

भजनसंग्रह 71:19

हे परमेश्वर, तपाईंको उपकार आकाशभन्दा माथि छ। परमेश्वर, तपाईं बाहेक यहाँ कोही पनि छैन तपाईंले अद्भूत कामहरू गर्नुभयो।

भजनसंग्रह 96:11

हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन! यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।

भजनसंग्रह 98:8

समुद्र र पृथ्वीले र त्यहाँ भएका प्रत्येक कुराले जोडले गाओस्।

भजनसंग्रह 126:1

जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ!

भजनसंग्रह 126:3

हो, हामी अत्यन्त खुशी हुनेछौं यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।

यशैया 35:1

खडेरीले डडेको भूमिमा त्यस समयमा पानीको खोला बग्नेछ। सुख्खा जग्गाहरूमा पानीको कुवाहरू हुनेछन्।

यशैया 41:10

सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।

यशैया 44:23

आकाशहरू आनन्दित छन् किनभने परमप्रभुले ती महान वस्तुहरू बनाउनु भयो। पृथ्वी आनन्दित छ, पृथ्वी मुनिका गहिर्याई सम्म। पर्वतहरू परमप्रभुलाई धन्यवाद प्रकटगर्दै गाउँदछन्। जङ्गलमा भएका सारा रूखहरू आनन्दित छन्। किन? किनभने परमप्रभुले याकूबलाई बचाउनु भयो। परमप्रभुले महान कुराहरू इस्राएलको लागि गर्नु भयो।

यशैया 54:4

नडराऊ! तिमीहरू निराश हुनेछैनौ। मानिसहरूले तिमीहरूको विरूद्ध अनिष्ट कुराहरू गर्ने छैनन्। जब तिमीहरू जवान थियौ, तिमीहरू लज्जित थियो। तर तिमीहरूले अहिले त्यो लाज बिर्सयौ। तिमीहरूले त्यो लाज सम्झना गर्दैनौ। तिमीहरूले व्यक्त गर्यौ जतिबेला तिमीहरूका लोग्ने मेर।

यशैया 55:12

तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।

यर्मिया 30:9

तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।

यर्मिया 33:3

“यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।

होशे 2:21

अनि त्यस समयमा म तिमीलाई उत्तर दिनेछु।”परमप्रभु भन्नुहुन्छ, “म आकाशलाई भन्नेछु अनि उसले धर्तीलाई पानी दिनेछ।

योएल 2:20

त्यहाँ आएका उत्तरवासीहरुलाईतिमीहरुको देशबाट हटाइदिनेछु। उनिहरुलाई बाँझो र उजाड देशमा पठाइदिनेछु, त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु, अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु। उनीहरुले यस्तो घृणित कर्म गरेका छन्, उनीहरुसडेको दुर्गन्धमाथि उठ्नेछन्। तिनीहरुको नराम्रो गन्ध उँभो जानेछ। तिनीहरुले धेरै घिनलाग्दा कामहरु गरेका छन्।

सपन्याह 3:16

त्यस बेला यरूशलेमलाई भनिनेछ, “नडराऊ, बलवान होऊ।

जकरिया 8:15

“तर अब मैले बिचार बद्ली सकें अनि त्यस्तै प्रकारले मैले यरूशलेम र यहूदाका मानिसहरू प्रति वास्ता गरी रहनें निश्चय गरेको छु।

Interlinear

Choose Theme