म परमप्रभु हुँ अनि मैले तिमीलाई बनाएँ। म मात्र हुँ जसले तिमीलाई बनाए जो अहिले तिमी छौ। मैले तिमीलाई त्यति बेलादेखि सहयोग गरेको हुँ जब तिमी आमाको गर्भमा थियौ। मेरो दास, याकूब, नडराऊ। यशूरून (इस्राएल) मैले तिमीलाई चुनेको हुँ।
Cross references
तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने। हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ, तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे, अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।
त्यस समयमा, इस्राएलका मानिसहरू र तिनीहरूका बूढा-प्रधानहरू सँगै भेला भए अनि परमप्रभु यशूरूनका राजा हुनुभयो।
परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन। घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ, आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु। मैले सधैं तपाईंलाई प्रार्थना गरें।
आऊ, निहुँरिएर, उहाँको उपसना गरौं। जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
हे बहुमूल्य यहूदा, नडराऊ! मेरा इस्राएलका प्रिय मानिसहरू, भयभीत न हौ म साँच्चि नै तिमीहरूलाई सघाउने छु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नु भएको थियो। इस्राएलका पवित्र परमप्रभु जसले तिमीलाई बचाए उहाँले ती कुराहरू भन्नुभयो
याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।
“यसैले नडराऊ! म तिमीहरूको साथमा छु। म तिम्रो नानीहरूलाई भेला गरेर तिमीकहाँ ल्याइदिनेछु। म तिनीहरूलाई पूर्व र पश्चिमबाट भेला गर्नेछु।
ती सबै मानिसहरू देऊ जो मेरा हुन - मेरो नाउँ तिनीहरूसित संयुक्त छ। मैले ती मानिसहरू आफ्नोलागि सृष्टि गरें। तिनीहरूलाई सृष्टि गरें यसकारण तिनीहरू मेरा हुन्।”
ती मानिसहरूलाई मैले बनाएको हो। अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्।
“याकूब, यी कुराहरू याद राख। इस्राएल, याद राख, तिमी मेरो सेवक हौ। मैले तिमीलाई बनाएँ! तिमी मेरो सेवक हौ यसकारण इस्राएल, म तिमीलाई कहिल्यै बिर्सिने छैन्।
परमप्रभुले तिमीलाई बनाउनु भयो जो तिमी आज छौ। परमप्रभुले त्यस्तो गरिरहनु भएको बेला तिमी आमाकै गर्भभित्र थियौ। परमप्रभु भन्नुहुन्छ, “म, परमप्रभुले, सबै थोक बनाएको हो। म स्वयंले आकाश राखें। मैले पृथ्वीलाई मेरो समक्ष फैलाएँ।”
“हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ।
टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन्। पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सुन्। परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो। म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढनु भयो जब म आमाको गर्भमा नै थिएँ।
“मैले तिमीलाई तिम्रो आमाको गर्भमा गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें। तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें। मैले तिमीलाई जाति-जातिहरूमा विशेष काम गराउनु अगमवक्ताको लागि रोजे।”
यरूशलेम जुन दिन उत्पन्न भयो, तिम्रो नाभीको नाल काट्ने कोही पनि थिएन। कसैले पनि तिम्रो शरीरमा नुन मलिदिएन, अनि तिमीलाई सफा तुल्याउन कसैले पनि नुहाई दिएन। कसैले तिमीलाई लुगा लगाई दिएनन्।
तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ जुन दिन मैले इस्राएललाई छाने, मैले आफ्नो हात याकूबको परिवारको विरूद्ध उठाएँ अनि मैले तिनीहरूलाई मिश्रमा भाकल गरें। मैले आफ्नो हात उठाएँ अनि भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
“हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ।
परमेश्वरले ती मानिसहरूलाई आफ्नै पुत्र जस्तै होउन् भन्ने योजना गर्नुभयो। अनि परमेश्वरद्वारा बोलइएका तिनीहरूलाई पनि धर्मी बनाइयो। अनि परमेश्वरद्वारा धर्मी बनाइएका तिनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।
ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो।
दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो।
येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।