हे सियोनका मानिसहरु! खुशीहोऊ। परमप्रभु,तिमीहरुका परमेश्वरसँग रमाऊ। किनभने उहाँले तिमीहरुलाई राम्रो गर्नुहुनेछ। उहाँले तिमीहरुलाई अघिल्लो र पछिल्लो दुबै झरी पहिला झैं पठाई दिनुहुन्छ।
Cross references
यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्।
यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ।
आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन।
मेरा शिक्षाहरू झरी झैं पर्नेछन्। भूइँमा खस्ने तुषारो जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।
यसर्थ कृपया स्वर्गमा नै तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। तब हाम्रो पाप क्षमा गर्नुहोस्। मानिसहरूलाई सही बाटोमा हिँड्ने ज्ञान दिनुहोस्। तब, हे परमप्रभु तिनीहरूलाई दिएको धर्तीमा पानी पार्नुहोस्।
परमेश्वसंग हजारौं दूतहरूछन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ। त्यो दूत त्यो मानिससित बोल्छ अनि साँच्चो कुरा भन्छ।
बाढी ल्याई मानिसहरूलाई सजाय दिन अथवा पानी बर्षाई तिनीहरूमाथि प्रेम दर्शाउन परमेश्वरले बादल ल्याउनु हुन्छ।
परमप्रभु मेरो शक्ति हुनुहुन्छ। उहाँ मेरो ढाल हुनुहुन्छ, म उहाँमाथि भरोसा गर्छु, म खुशी छु र उहाँको प्रशंसाको गीत गाउँछु।
हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ। हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
खेतहरूमा पानी वर्षे जस्तै, धर्तीमा पानी झरी जस्तै राजा बनोस्।
आऊ, परमप्रभुको गुण-गान गरौं। चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बँचायो।
भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु।
परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ। परमेश्वरले पृथ्वीमा वर्षा पठाउनु हुन्छ परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्त्तामा आनन्द होऊन्। सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।
राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ।
परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।
तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्तीबाटो नै गयौ भने, तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।”
त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति वर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ।
तिमीले तिनीहरूलाई बतास फ्याँकी दिनेछौ, अनि तिनीहरूलाई उडाएर लैजाने छ र छरपष्ट पारिदिने छ। तब तिमी परमप्रभुमा रमाहट हुनेछौ। तिमी इस्राएलका पवित्र परमप्रभुसँग गर्व गर्नेछौ।”
“परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
तिमीले पाप गर्यौ, यसकारण पानी परेन। त्यहाँ पानी पर्ने समयमा कुनै पानी परेन तर अझ तिमी लज्जित हुन अस्वीकर गर्छौ। तिम्रो अनुहार हेर्दा एउटा वेश्याको अनुहारमा हेरे जस्तो हुन्छ जो निलज्ज हुन्छे। तिमी पनि आफूले जे गर्यौ त्यसको लागि निर्लज्ज छौ।
तर तिनीहरूले कहिल्यै भनेनन्, ‘आऊ, हामी हाम्रा परमप्रभु परमेश्वरको डर बोकौ अनि उहाँको सम्मान गरौ। उहाँले वाली उठाउने समय निर्धारण गरिदिनु हुन्छ। उहाँले हामीलाई शरद ऋतु र वसन्तको वर्षा ठीक समयमा दिनुहुन्छ।’
सियोनका मानिसहरू बहुमूल्य रत्नहरू जस्तै थिए। तिनीहरूलाई सुनझैं कदर गरिन्थ्यो। तर अहिले तिनीहरूका शत्रुहरूले तिनीहरूलाई कुमालेले बनाएका माटोका पुराना भाँडाहरू जस्तै ठानिरहेका छन्।
म भेडाहरूलाई अनि आफ्नो पहाडको चारैतिरको ठाँउहरूलाई आशीर्वाद दिन्छु। म ठीक समयमा वर्षा गराउँछु। त्यो आशीर्वाद सहित वर्षा हुनेछ।
आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। उहाँको आगमन प्रभात झैं निश्चय छ। उहाँ हामीकहाँ जमीनलाई भिजाउने आखिरी वर्षा झैं आउनु हुनेछ।”
“त्यसपछि म तिमीहरु सबै माथि मेरो आत्मा खन्याउँनेछु। तिमीहरुका छोरा-छोरीहरुले अगमवाणी गर्नेछन्। तिमीहरुका बूढा मानिसहरु स्वप्न-दर्शी हुनेछन्। तिनीहरुका जवानले दर्शन देख्नेछन्।
मैले बर्षा रोकिदिंए अनि यो फसल पाकनु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिए तर अर्को मा दिइँन। त्यसपछि मैले एउटा खेतमापानी पर्ने गराएँ तर अर्को खेत सुक्यो।
चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरु होस् अथवा नहोस्, गोठहरुमा केही गाईहरु होस् अथवा नहोस्।
तर म अझै परमप्रभुमा आनन्दित रहने छु। म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।
हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ। हे इस्राएल! आनन्दले कराऊ, यरूशलेम खुशी होऊ अनि आनन्द मनाऊ।
हे सियोन, आनन्दित होऊ! यरूशलेमका मानिसहरू खुसिले कराऊ! हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्। उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ। उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।
यहूदा, म तिमीलाई धनु जस्तै प्रयोग गर्नेछु। एप्रैम म तिमीलाई काँड जस्तै प्रयोग गर्नेछु। सियोन, म तिमीलाई युनानीहरू बिरूद्ध युद्धको बलियो तलवार जस्तै प्रयोग गर्नेछु।
वसन्त ऋतुमा वर्षाको निम्ति परमप्रभुसंग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी बर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरूवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ।
एप्रैमका मानिसहरू शक्तिशाली हुनेछन् अनि प्रसन्न हुनेछन्। ती सैनिक जस्तै जसले अत्यन्तै खाना पानी पाए। उनीहरूका छोरा-छोरीहरू आनन्द मनाउँनेछन् अनि प्रसन्न हुनेछन्। उनीहरू सबैले एकै साथ परमप्रभुसंग आनन्द मनाउँनेछन्।
त्यसपछि मरियमले भनिन्
तर स्वर्गीय यरूशलेम एउटी मुक्त नारीको प्रतीक हो। यिनी हाम्री माता हुन्।
त्यसैले शास्त्रमा यस्तो भनिएको छः“उहाँमाथि आकाशमा जानुभयो, आफूसित कैदलाई बन्दी बनाएर लानु भयो अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”
अनि अब मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! प्रभुमा आनन्दित होऊ। जब यसले तिमीहरूलाई अझ सुरक्षित राख्नेछ त्यही कुरो घरी घरी लेखिरहनु मलाई केही कष्ट लाग्दैन।
तर हामी साँच्चै खतना गरिएकाछौं। हामी परमेश्वरलाई आत्माद्वारा आराधना गर्छौं। हामीले हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्नेछौं अनि हामी के गर्न सक्छौ त्यसमा होइन।
सँधै प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ।