वसन्त ऋतुमा वर्षाको निम्ति परमप्रभुसंग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी बर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरूवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ।
Cross references
“परमप्रभु भन्नुहुन्छ, ‘आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर।
आकाशमा बादल हुनेछैन र आकाश पालिश घसेको काँसा झैं देखिनेछ। तिमीले टेकेको भूमि फलाम झैं कडा हुनेछ।
एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”
तब एलियाले राजा आहाबलाई भने, “अब, जाऊ खान-पीन गर। मूसलाधारे पानी परेको आवाज सुन्छौ।”
मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले वर्षालाई पर्खिरहेछन्। तिनीहरूले मेरो शब्दहरू पिउँथे मानौ तिनीहरू बसन्तको बेलामा वर्षाको पानी थियो।
परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ अनि यसलाई तुषारो र हिउँमा परिवर्तन गर्नुहुन्छ।
“बज्र, र बिजुलीले मलाई भयभीत पार्छ, छातीभित्र मुटु ढुकढुक गर्छ।
तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ। परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो अनि त्यहाँको पानीले उप्जनी गराउँछ।
खेतहरूमा पानी वर्षे जस्तै, धर्तीमा पानी झरी जस्तै राजा बनोस्।
परमेश्वरले वर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ। चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।
परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र वर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ।
राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ।