Home Bibles लेवी 25:19 · नेपाली बाइबल
लेवी 25:19 · नेपाली बाइबल

अनि जमीनले प्रशस्त बाली उब्जाउनेछ र तिमीहरूसित अन्नको केही कमी नहुँदा तिमीहरू आनन्दले बाँच्नु सक्छौ।

Cross references

लेवी 26:4

यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्।

लेवी 26:5

तिमीहरूको दाई अंङ्गूर टिप्ने समयसम्म रहनेछ अनि अंङ्गूर टिपाई फसल रोप्ने समयसम्म रहनेछ। तिमीहरू जति चाहन्छौ त्यति खानेछौ अनि आफ्नो भूमिमा सुरक्षित बस्नेछौ।

लेवी 26:6

म तिमीहरूको देशमा शान्ति दिनेछु र तिमीहरू शान्ति साथ बस्न पाउनेछौ। नोक्सानदायक पशुहरूलाई म तिमीहरूको देशबाट निकालिदिनेछु अनि तिमीहरूलाई धम्काउन अथवा डर देखाउन कोही मानिस आउने छैन कारण कुनै सेना तिमीहरूको देश भएर जान पाउँनेछैन।

व्यवस्था 12:10

तर तिमीहरू यर्दन नदी पार गर्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नु भएको भूमिमा अधिकार गरे र बस्नेछौ। तब परमप्रभुले तिमीहरूलाई सुरक्षित राख्नु सबैतिरका शत्रुहरूबाट सुरक्षा दिनुहुनेछ।

1 राजा 5:5

“परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोराले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दैछु।

भजनसंग्रह 67:6

हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्। हाम्रो खेतले विस्तृत फसल दिओस्।

भजनसंग्रह 85:12

परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ, अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।

हितोपदेश 1:33

तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैं सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्।ज्ञानका कुराहरू सुन

यशैया 1:19

“मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ।

यशैया 30:23

त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति वर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ।

यशैया 65:21

त्यस शहरमा, यदि कसैले घर बनाउँछ भने, त्यो मानिस त्यहीं बस्नेछ। यदि कसैले दाखहरूका बोट बगैंचामा रोप्दछ भने त्यस मानिसले त्यही बगैंचाबाट दाख फलहरू खानेछ।

इजकिएल 34:25

“म आफ्नो भेडाहरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेडाहरू मरूभूमिमा सुरक्षित रहनेछ अनि जंगलमा सुत्नेछ।

इजकिएल 36:30

म तिमीहरूको रूखहरूमा ज्यादा भन्दा ज्यादा फल अनि खेतमा धेरै अन्न उमारिदिन्छु। त्यसपछि तिमी अरू देश झैं भोकै बस्ने लाज फेरि कहिल्यै अनुभव गर्नेछैनौ।

योएल 2:24

अब खलाहरु गहुँले भरिपूर्ण हुनेछन्। अनि दाख-कुण्डहरु नयाँ दाखरस र तेलले भरिनेछन्।

योएल 2:26

फेरि तिमीहरुसँग प्रशस्त खानेकुरा हुनेछ। तिमीहरु सन्तुष्ट हुनेछौ र तिमीहरुले परमप्रभु तिमीहरुका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ। उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ। अब मेरो मानिसहरु कहिल्यै लज्जित हुनेछैनन्।

Interlinear

Choose Theme