तिमीहरूका गोरू र गधाहरूले आवश्यक अनुसार सबै प्रकारको दाना पाउनेछन्। पशुहरूका निम्ति दाना यति विध्न हुन्छ कि पशुहरूलाई दाना दिंदा पनि तिमीहरू फरूवा र बेल्चाहरू चलाउँछौ।
Cross references
यस भयंकर अनिकाल दुइ वर्षसम्म चल्यो अनि अझै पाँच वर्षसम्म कुनै अन्न-बाली तथा उद्भिदको उब्जाऊ बिना अनिकाल चलिरहने छ।
“तिमीले छ दिन काम गर्नेछौ र सातौं दिन विश्राम लिनु पर्छ। यो विश्राम तिमीहरूले बाली रोप्ने र उठाउने समयमा पनि लिनु पर्छ।
शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीऊ नछरेको अथवा केही नरोपेको पानी बगिरहेको बेंसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ।
“जब गोरूहरूलाई दाँई गर्न लगाइन्छ तिनीहरूले अन्न खान नपाओस भनेर महला लगाउनु हुँदैन।
राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका।राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्।”
उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
उहाँ खला सफा पार्नु तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नालाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।”
मोशाको नियममा लेखिएको छः “दाँई गर्ने गोरूको मुखमा महला नलगाऊ र त्यसलाई अन्न खानाबाट नरोक।”के परमेश्वर गोरूहरूमा मात्र चासो छ?