दुवै सपनाहरूको अर्थ वास्तविक रूपमा एउटै हो। सातवटा राम्रा-राम्रा गाईहरू र सातवटा राम्रा-राम्रा अन्नको बालाहरूको अर्थ राम्रा सात वर्षहरू हुन्।
Cross references
यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरु एउटै बनिन्छन्।
तब यूसुफले उत्तर दियो, “म सपनाको व्याख्या तिमीलाई दिनेछु। ती तीनवटा हाँगाहरूको अर्थ तीन दिन हो।
यूसुफले उत्तर दियो, “सपनाको अर्थ के हुन्छ म बताउने छु। ती तीन डालाहरूको अर्थ तीन दिन हो।
सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खाँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए।
फिरऊन फेरि सुत्यो र सपना देख्यो। उनले सपनामा एउटा अन्नको बोटमा सातवटा बाला लागेको देख्यो। अन्नको बालाहरू मोटा र राम्रा थिए।
मिश्र देशमा सात वर्ष प्रचूर अन्न हुने छ।
सहकालको सात वर्षको समयसम्म देशमा राम्रो उब्जनी भयो।
सात वर्षसम्म मानिसहरूले जति चाहान्थे खाने अन्न पाए तर त्यसपछि ती वर्षहरू बिते।
“जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुत्ता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किन? किनभने यो परमप्रभुको निस्तार हो।
त्यसपछि ती पर्दाहरूसंगै जोडनका लागि पाँचासवटा सुनको मुन्द्रीहरू बनाऊ। दुइवटा समूहको पर्दालाईसंगै जोडेर एउटा पवित्र पाल बनाऊ।
“यो राज्य चाहिँ तपाईंले देख्नु भएको त्यो चट्टान हो जुन कसैले नहटाई कन पहाडबाट आफैं काटियो अनि त्यो चट्टान फलाम, पित्तल, चाँदी, माटो र सुनलाई टुक्रा-टुक्रा पार्यो। यस प्रकार महान् परमेश्वरले तपाईंलाई भविष्यमा के हुनेछ देखाउनु भयो। यो सपना साँचो छ र तपाईं यसको व्याख्यामा भर पर्न सक्नुहुन्छ।”
अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक पहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो पहरा ख्रीष्ट हुनुहुन्थ्यो।
यसर्थ, येशूको विषयमा तीन साक्षीहरु छन्