मानिसहरूले तिनीहरू सानो मूर्ति अनि तन्त्र-मन्त्र भविष्यमा के हुने हो भनि जान्न प्रयोग गर्छन्! तर त्यो सब ब्यार्थ हुनेछ। तिनीहरूले झूटो चीज देख्छन्, तिनीहरूले झूटो सपना भन्छन्। तर ती सबै झूटो हुनेछ। यसकारण, मानिसहरू भेडाहरू जस्तै सहायताको निम्ति यता उता भट्की हिंड्छन्। तर तिनीहरूलाई बाटो देखाउँने कुनैं गोठालो हुँदैन।
Cross references
त्यस समय लाबान आफ्नो भेडाहरूको ऊन काट्न गएका थिए। जब ती गएका थिए, राहेल उनको घरमा गइन् अनि आफ्नो बाबुको झुटो देवता चोरेर ल्याईन्।
म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।”
उसले भने झैं चिन्ह अथवा आश्चर्यजनक काम साँच्चै हुन सक्छ, तिमीहरूले कहिल्यै नजानेको अन्य देवतालाई उसले मान्न लगाउन सक्छ। उसले भन्न सक्छ, ‘हामी यी देवताहरूलाई पूजा गरौं।’
यसर्थ ती पाँच मानिसहरू बोले, जसले लेश वरिपरिका स्थानको खोज गरेका थिए। तिनीहरूले आफ्ना आफन्तहरूलाई भने, “यी घरहरूमध्ये एउटामा एपोद छ। अनि त्यहाँ घर-देवताहरू, एउटा कुँदेको सालिक अनि एउटा चाँदीको मूर्ति पनि छन्। तिमीहरू जान्दछौ के गर्नु पर्छ-जाऊ ती लेऊ।”
यसकारण मीकायाले उत्तर दिए, “म देख्न सक्छु के हुनेछ। इस्राएलका सेनाहरू पर्वत माथि छरिनेछन्। तिनीहरू हेरचाह गर्ने नभएको भेडाहरू जस्तैं हुनेछन्। यही कुरा परमप्रभु भन्नुहुन्छ, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीले घर जानु पर्छ अनि लडाईं गर्नु हुदैन।”‘
तर तिमीले हाम्रो बातचीतलाई झुटो कुराले कलंकित पार्छौ। तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।
त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ, तिम्रो जवाफहरूले एकदमै सहयोग गर्दैन।”
ती सारा देवताहरू वास्तवमा केही पनि होइनन्। ती मूर्तिहरू पूर्णत महत्वहीन छन्। तिनीहरूले केही गर्न सक्तैनन्।
केही मानिसहरूले मूर्तिहरू बनाउँछन्। तर तिनीहरू कामै नलाग्ने छन्। ती मानिसहरू मूर्तिहरूका साक्षीहरू हुन् - तर तिनीहरूले देख्न सक्दैनन्। तिनीहरू केही जान्दैनन्। तिनीहरूले जे गरेकाछन् त्यसका लागि तिनीहरूलाई लज्जित बनाइनेछ।
झूटा अगमवक्ताहरूले झूट बोल्दछन्, तर परमप्रभुले तिनीहरूका झूटा कुराहरू गल्ती हुन भनेर देखाउनुहुन्छ। परमप्रभुले मूर्ख मानिसहरू बनाउनु हुन्छ जसले जादू गर्दछन्। तिनीहरू सोच्दछन् कि तिनीहरू ज्यादा जान्दछ। परमप्रभुले ज्ञानी मानिसहरू सम्मलाई अन्योलमा पारिदिनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मूर्ख पार्नुहुन्छ।
“के तिमीहरू मलाई अरू कुनै चीजसित तुलना गर्न सक्छौ? अहँ कोही पनि मेरो बराबर छैन। म जस्तो कोही छैन्।
अगमवक्ताहरू र पूजाहारीहरूले तिनीहरूका घाउहरूमा मलमपट्टी गर्नु पर्छ। तर तिनीहरूले ती घाऊहरूलाई कोट्याको जस्तो मात्र ठाने। तिनीहरू भन्छन्, ‘प्रत्येक कुरो ठीक छ’ अनि प्रत्येक जग्गामा शान्ति छ, जब कि त्यहाँ शान्ति छैन।’
मेरो मानिसहरूका गहिरो घाउहरूलाई तिनीहरूले केही जस्तो मानेनन्। तिनीहरू भन्छन्, ‘यो ठीकै छ, प्रत्येक कुरो नै ठीकै छ।’ तर वास्तवमा केही पनि ठीक छैन।
अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्। तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्।
यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने। म लुक्छु अनि रून्छु। तिम्रो गर्वले मलाई रूने बनाउँछ। म धेरै जोडले रूनेछु। मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ? किनभने परमेश्वरको भेंडाको बथानपक्राऊ पर्नेछ।
तर मैले परमप्रभुलाई भनें, “हे परमप्रभु मेरो मालिक! अगमवक्ताहरूले तिनीहरूलाई भन्छन्, ‘तिमीहरूलाई शत्रुहरूको तरवारले चोट लाग्ने छैन। तिमीहरू अनिकाल ग्रस्त हुनेछैनौ। परमप्रभुले तिमीहरूलाई यस भूमिमा शान्ति प्रदान गर्नु हुनेछ।”‘
विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन। आकाशले पानी वर्षाउने शक्ति पाँउदैन। हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ। तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।”
कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दछन्। अत ती अगमवक्ताहरूले ती मानिसहरूलाई बेग्ला बेग्लै सन्देश दिन्छन्। तिनीहरूले मलाई जसले निन्दा गर्छन् तिनीहरूलाई भन्छन्, ‘परमप्रभुले भन्नुहुन्छ, ‘तिमीले शान्ति पाउँछौ।’ तिनीहरूले ज-जसको हृदय कठोर छ तिनीहरूलाई भन्छन्, ‘तिमीहरूमाथि अनिष्ट हुने छैन्।’
“त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झूटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, ‘मैले सपना देखेको छु। मैले सपना देखेको छु।’ मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें।
यसर्थ तिमीहरू अगमवक्ताहरू जोखना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ,” तिमीहरूलाई ध्यान नदेऊ।
तर ती मानिसहरूले तिमीहरूलाई झूटो अगमवाणी दिनेछन् यसले गर्दा म तिमीहरूलाई तिनीहरूका देशबाट टाढो लखेट्नेछु र तिमीहरू मनेछौ।
तर तिमीहरूलाई झूटो अगमवक्ताहरूले भनिरहेका छन् तिमीहरू बाबेलका राजालाई सेवा गर्नेछैनौ।“‘तिनीहरू तिमीहरूसित झूटो बोलिरहेकाछन्। यसकारण तिमीहरूले तिनीहरूको कुरा नसुन।”
म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।”‘
तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह। परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ।
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रहरू गर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यानै नदेऊ।
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहको बारेमा भन्नुहुन्छ “यी दुइ जना मानिसहरू मेरो नाउँमा तिमीहरूकहाँ झूटो प्रचार गरिरहेका छन्। यसर्थ दुवै अगमवक्ताहरूलाई बाबेलका राजा नबूकदनेस्सरलाई म सुम्पने छु अनि उनले तिनीहरूलाई तिमीहरूकै सामुन्ने मार्नेछन्।
तिम्रा अगमवक्ताहरू अहिले कहाँ छन्? ती अगमवक्ताहरूले अगमवाणी गरेका थिए कि ‘बाबेलका राजाले तपाईं अथवा यहूदाको देशमाथि आक्रमण गर्ने छैन।’
इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”
मैले तिमीलाई गोठालो र भेडावथान माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई किसानहरू र गाईहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई राज्यपालहरू र मुख्य हाकिमहरूमाथि प्रहार गर्न चलाएँ।
तेरा अगमवक्ताहरूले तेरोलागि केहि देखेका थिए। तर उनीहरूको दर्शनहरू झूटो थियो। सुधारका निम्ति तिनीहरूले तेरो दोष देखाएनन। तिनीहरूले तेरो विषयमा प्रचार गरे तर तिनीहरूले तँलाई शुद्ध मूर्ख बनाए।
“‘झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घटनाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई साँचो बनाउँने प्रयास आजसम्म पनि गर्दैछन्।
“‘झूटा अगमवक्ताहरू! जुन दर्शन तिमीहरूले देख्यौ, त्यो सत्य थिएन। तिमीले आफै जादू गर्यौ अनि भन्यौ केही घट्ने वाला छ तर तिमीले मानिसहरूसँग झूटो भन्यौ। तिमी भन्छौ यो परमप्रभुको कथन हो, तर मैले तिमीहरूसँग कुरै गरिन।”‘
“‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दुख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दुख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बदलि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ।
यसले स्पष्ट पार्छ कि बाबेलको राजाले त्यो बाटोको योजना बनाउँदैछ, जसद्वारा उसले त्यस क्षेत्रमा आक्रमण गर्न सकोस्। बाबेलको राजा त्यो बिन्दु सम्म आइपुगिसकेकोछ जहाँ दुइवटा बाटो छुटिन्छ। बाबेलको राजाले जादूको संकेतको उपयोग भविष्य जान्नुको निम्ति गरेको हो। उसले केही बाण हल्लायो, उसले परिवारको मूर्तिहरूसँग प्रश्न गर्यो, उसले मारेको जनावरको कलेजो हेर्यो।
तिम्रो दर्शन व्यर्थ छ। तिम्रो जादूले तिमीलाई सहायता गर्नेछैन। यो झूठो अगमवाणी हो। अब ती दुष्ट मानिसहरूको घाँटीमा तरवार राखिन्छ। तिनीहरू चाँडै मर्नेछन्। अन्त्यको दिन आइपुगेको छ। तिनीहरूको पापको अन्तिम समय आइसकेकोछ।
“‘अनि अब भेडाहरू तितर-बितर भएका छन्, किनकि त्यहाँ कुनै गोठाला थिएनन्। त्यो प्रत्येक जङ्गली पशुको निम्ति भोजन बनियो। यसकारण भेडाहरू तितर-बितर भए।
“म आफ्नो जीवनको शपथ खाएर तिमीलाई प्रतिज्ञा दिलाउँछु। जङ्गली पशुहरूले मेरा भेडाहरूलाई समाते। हो, मेरो भेडाहरू सबै जङ्गली पशुहरूको निम्ति भोजन बनिए। किन? किनभने तिनीहरूको साँचो गोठाला थिएनन्। मेरो गोठालाले मेरो बगालको खोजी गरेनन्। ती गोठालाले भेडाहरूलाई मार्यो अनि आफै खायो। त्यसले मेरो भेडाहरूको पेट भरिदिएन।”
यही प्रकारले, इस्राएलका मानिसहरू धेरै दिनसम्म राजा र नेता बिना रहनेछन्। तिनीहरू बिना बलि र बिना स्मृति-पत्थर नै रहनेछन। तिनीहरूसित न एपोद न कुलदेवता नै रहनेछन्।
हो, हे याकूब म निश्चयनै तिमीहरु सबैलाई भेला गर्नेछु। म इस्राएलका बाँचेका सबैलाई भेला पर्नेछु। म तिनीहरुलाई गोठका भेडा बाख्राहरु र र्खकका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु। फेरि त्यो स्थान धेरै मानिसहरुको भिडले खचाखच र हल्ला- खल्ला हुनेछ।
यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ, तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ। भविष्यको गर्वमा जे लुकेको छ, तिमीले बताउन सक्दैनौ। यसकारण तिमीहरुलाई अँध्यरो जस्तै लाग्नेछ। अगमवक्ताहरुमाथि सूर्य अस्ताउनेछ। अनि उनिहरुलाई दिन पनि रात जस्तै हुनेछ।