उहाँको वचनको आवाजले आकाशमा पानी गर्जन्छ। पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ। उहाँले वर्षा सित बिजुली ल्याउनु हुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो।
Cross references
तब मोशाले आफ्नो लहुरो हावामा उठाए अनि परमप्रभुले बिजुली गर्जन र असिनाहरू मिश्रमाथि पठाउनु भयो।
यो गहुँको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्कँदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरूद्धमा राजा मागेर भूल काम गरेका छौ।”
तब एलियाले राजा आहाबलाई भने, “अब, जाऊ खान-पीन गर। मूसलाधारे पानी परेको आवाज सुन्छौ।”
केही छिनपछि आकाश कालो बादलले ढाकियो। हावा बहनु थाल्यो अनि मूसलाधारे पानी पर्न थाल्यो। आहाब आफ्नो रथमा चढे अनि यीज्रेलतिर यात्रा शुरू गरे।
परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ अनि यसलाई तुषारो र हिउँमा परिवर्तन गर्नुहुन्छ।
सबैले सुन! परमेश्वरको आवाज बज्र जस्तो सुनिन्छ। परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।
“अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ जहाँ मैले हिऊँ र असिना राख्छु?
अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने? कसले आँधी वेरी आउने बाटो बनाए?
कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो?
अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ?
परमप्रभु स्वर्गबाट गर्जनु भयो। सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए।
परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ। यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
परमेश्वरकोलागि गीत गाऊ! उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ। उहाँको शक्तिशाली आवाज सुन!
परमेश्वरले वर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ। चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।
परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र वर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ।
ती मूर्तिहरूका कानहरू थिए, तर सुन्न सक्दैनथे। ती मूर्तिहरूका नाकहरू थिए, तर सुघ्न सक्दैनथे।
परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ। परमेश्वरले पृथ्वीमा वर्षा पठाउनु हुन्छ परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।