Home Bibles ☰ Books यर्मिया 51:16 · नेपाली बाइबल
यर्मिया 51:16 · नेपाली बाइबल

जब उहाँ गर्जनुहुन्छ आकाश पनि गर्जन्छ उहाँले पृथ्वीको अन्तबाट कुइरो निस्केर माथि आउने पार्नुहुन्छ। उहाँले वर्षासँग बिजुली चम्काउनुहुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास निकाल्नुहुन्छ।

Cross references

उत्पत्ति 8:1

नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरु थिए, तिनीहरुलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।

प्रस्थान 10:13

यसकारण मोशाले आफ्नो टेक्ने लाठ्ठी मिश्र देशमाथि उठाए अनि परमप्रभुले पूर्वबाट आँधी बेरी पठाउनु भयो। हावा बिहान बेलुका पूरै चलिरहयो। जब बिहान भयो मिश्र भूमिमा हावाले सलह ल्यायो।

प्रस्थान 10:19

यसर्थ परमप्रभुले हावाको दिशा फर्काएर पश्चिम तिर गर्नु भयो र यसले सलहहरूलाई मिश्रबाट उडायो अनि निगालोको समुद्रमापुर्यायो। एउटै पनि सलह मिश्रमा रहेनन्।

प्रस्थान 14:21

मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो।

अय्यूब 36:26

हो, परमेश्वर महान् हुनुहुन्छ। तर हामी उहाँको महानता बुझ्न सक्तैनौं। हामी जान्दैनौं कि परमेश्वर देखि हुनुहुन्छ।

अय्यूब 37:2

सबैले सुन! परमेश्वरको आवाज बज्र जस्तो सुनिन्छ। परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।

अय्यूब 37:13

बाढी ल्याई मानिसहरूलाई सजाय दिन अथवा पानी बर्षाई तिनीहरूमाथि प्रेम दर्शाउन परमेश्वरले बादल ल्याउनु हुन्छ।

अय्यूब 38:22

“अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ जहाँ मैले हिऊँ र असिना राख्छु?

अय्यूब 38:34

अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ?

अय्यूब 40:9

के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ? परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन जस्तो ध्वनि छ?

भजनसंग्रह 18:13

परमप्रभु स्वर्गबाट गर्जनु भयो। सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए।

भजनसंग्रह 29:3

परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ। यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।

भजनसंग्रह 46:6

जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ। प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।

भजनसंग्रह 68:33

परमेश्वरकोलागि गीत गाऊ! उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ। उहाँको शक्तिशाली आवाज सुन!

भजनसंग्रह 78:26

परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो। उहाँले तिनीहरूमाथि आकाशबाट मासु वर्षाउनु भयो।

Interlinear

Choose Theme