तर तिनीहरूले कहिल्यै भनेनन्, ‘आऊ, हामी हाम्रा परमप्रभु परमेश्वरको डर बोकौ अनि उहाँको सम्मान गरौ। उहाँले वाली उठाउने समय निर्धारण गरिदिनु हुन्छ। उहाँले हामीलाई शरद ऋतु र वसन्तको वर्षा ठीक समयमा दिनुहुन्छ।’
Cross references
जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”
“परमप्रभु भन्नुहुन्छ, ‘आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर।
यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ।
आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन।
एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”
परमेश्वरले पृथ्वीमा वर्षाहरू पठाउनु हुन्छ। उहाँले खेतहरूमा पानी पठाउनु हुन्छ।
मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले वर्षालाई पर्खिरहेछन्। तिनीहरूले मेरो शब्दहरू पिउँथे मानौ तिनीहरू बसन्तको बेलामा वर्षाको पानी थियो।
परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ अनि यसलाई तुषारो र हिउँमा परिवर्तन गर्नुहुन्छ।
त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?
परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ। परमेश्वरले पृथ्वीमा वर्षा पठाउनु हुन्छ परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
हामी तपाईंलाई पूज्दैनौं। हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं। हामी तपाईंलाई अनुसरण गर्न उत्साहित हुँदैनौं। यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ। हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।
तिमीले पाप गर्यौ, यसकारण पानी परेन। त्यहाँ पानी पर्ने समयमा कुनै पानी परेन तर अझ तिमी लज्जित हुन अस्वीकर गर्छौ। तिम्रो अनुहार हेर्दा एउटा वेश्याको अनुहारमा हेरे जस्तो हुन्छ जो निलज्ज हुन्छे। तिमी पनि आफूले जे गर्यौ त्यसको लागि निर्लज्ज छौ।
परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ? तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँह। त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ। सागरले बालुवा ननागोस भनी मैले यो एउटा स्थायी नियम बनाएँ। सागरमा छालहरू उठेर आउँछन् तर तिनीहरूले नष्ट पार्न सक्तैनन्। छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्।