Home Bibles ☰ Books भजनसंग्रह 48:10 · नेपाली बाइबल
भजनसंग्रह 48:10 · नेपाली बाइबल

हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ, मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्। तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।

Cross references

प्रस्थान 3:13

तब मोशाले परमेश्वरलाई भने, “जब म इस्राएलीहरू कहाँ जान्छु अनि तिनीहरूलाई भन्छु, ‘म तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरद्वारा पठाइएको हुँ,’ अनि तिनीहरूले तपाईंको नाउँ सोधेमा मैले के भन्नु पर्नेछ?”

प्रस्थान 34:5

परमप्रभु उनी भएकहाँ तल पर्वतमाथि बादलमा आउनु भयो अनि मोशाको अघि उभिनु भयो। मोशाले परमप्रभुको नाउँको उच्चारण गरे।

व्यवस्था 28:58

“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ।

यहोशू 7:9

कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”

1 इतिहास 16:14

परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँले संसार भरि नै न्याय राख्नु हुन्छ।

भजनसंग्रह 11:7

तर परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले राम्रो काम गर्नेहरूलाई प्रेम गर्नु हुन्छ। धार्मिक मानिसहरू उहाँसँग हुन्छन् र उहाँको मुहार हेर्छन्।

भजनसंग्रह 45:7

तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर तपाईंलाई आफ्ना साथीहरूमाथिराज गर्न चुन्नुहुन्छ।

भजनसंग्रह 99:4

शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ। परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो। तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।

भजनसंग्रह 113:3

परमप्रभुको नाउँको प्रशंसा पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।

भजनसंग्रह 138:2

हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाँउछु। म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु। तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो!

भजनसंग्रह 145:17

प्रत्येक कुरा परमप्रभुले गर्नुभएको धार्मिक अनि उचित छ। प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ भन्ने दर्शन्छ।

यशैया 41:10

सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।

Interlinear

Choose Theme