परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँले संसार भरि नै न्याय राख्नु हुन्छ।
Cross references
म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार संधैको निम्ति रही रहनेछ।
परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ। परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ, अनि म उहाँको स्तुति गर्छु। परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ अनि म उहाँको आदर गर्छु।
ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ। उहाँका फैसलाहरू अनि उहाँले गर्नु भएका शक्तिशाली कार्यहरूको स्मरण गर।
हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ, मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्। तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।
हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। अनि म तपाईंलाई अत्यन्तै चाहन्छु। मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि तपाईंकै निम्ति तिर्खाउँछु।
उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ अनि हामी उहाँका सन्तानहरू हौं। यदि हामीले उहाँको आवाज सुन्यौ भने आज हामी उहाँका भेडा हौ।
हे सियोन, सुन अनि खुशी बन! हे यहूदाका शहरहरू, खुशी होऊ। किन? किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।
परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान। उहाँले हामीलाई रच्नु भयो अनि हामी उहाँका मानिसहरू हौं, हामी उहाँका भेंडा हौं।
परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई धन्यवाद दिन्छु। म तपाइको प्रशंसा गर्छु।
मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ। अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनेको प्रात कालमा तपाईंसँग रहन चाहन्छ। जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ, मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।