Home Bibles यशैया 41:10 · नेपाली बाइबल
यशैया 41:10 · नेपाली बाइबल

सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।

Cross references

उत्पत्ति 15:1

यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”

उत्पत्ति 26:24

त्यस रात परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। परमप्रभुले भन्नुभयो, “म तेरो बाबु अब्राहामका परमेशवर हुँ। नडरा, म तँसित छु र म तलाईं आशीर्वाद दिनेछु। मेरो दास अब्राहामको कारणले म तेरो परिवारलाई विशाल बनाउनेछु।”

प्रस्थान 14:13

तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ यही उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ।

व्यवस्था 20:1

“जब तिमीहरू आफ्नो शत्रुसँग लडाइँ गर्न निस्कन्छौ शत्रु पक्षमा धेरै घोडा, रथ र सैन्य देखेर नडराऊ। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनु भयो।

व्यवस्था 31:6

शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसंगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”

व्यवस्था 33:27

परमेश्वर सधैं बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैंका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’

यहोशू 1:9

याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”

न्यायकर्ता 6:16

परमप्रभुले गिदोनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म तँसित छु। यसर्थ तैंले मिद्यानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि तँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।”

2 शमूएल 22:19

म विपत्तिमा थिएँ अनि मेरा शत्रुहरूले मलाई हमला गरे। तर परमप्रभुचाहिं मेरो पक्षमा त्यहाँ हुनुहुन्थ्यो!

1 इतिहास 12:18

अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो।“दाऊद, हामी तपाईका हौं। यिशैका छोरा, हामी तपाईसित छौं, तपाईलाई शान्ति, शान्ति होस्! ती मानिसहरूलाई शान्ति होस जसले तपाईलाई सहायता गरे! किन? किनभने तपाईको परमेश्वरले तपाईलाई सहायता गर्नुहुन्छ।”यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।

2 इतिहास 20:17

यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।”‘

2 इतिहास 32:8

अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।

भजनसंग्रह 18:36

मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्। यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।

भजनसंग्रह 27:1

हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोहीसँग डराउने छैन।

भजनसंग्रह 29:11

परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्। परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिले आशीर्वाद दिऊन्।

भजनसंग्रह 33:12

परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।

भजनसंग्रह 37:17

किन? किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन्, तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।

भजनसंग्रह 37:24

यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ, र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।

भजनसंग्रह 41:12

म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो। तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ।

भजनसंग्रह 46:1

परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।

भजनसंग्रह 46:7

सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

भजनसंग्रह 46:11

सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

भजनसंग्रह 63:8

मेरो प्राण तपाईंमा अल्झिन्छ अनि तपाईं मेरो हात समाउनु हुन्छ।

भजनसंग्रह 65:5

हे परमेश्वर, हामीलाई बचाउँनु होस्। धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन् अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ। तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ। संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।

भजनसंग्रह 89:13

तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्‍च पारिएको छ।

भजनसंग्रह 99:4

शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ। परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो। तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।

भजनसंग्रह 144:8

ती शत्रुहरू झूटाहरू हुन्। तिनीहरूले जे कुरा गर्छन तिनीहरू सत्य छैनन्।

भजनसंग्रह 144:11

मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झुटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्।

भजनसंग्रह 145:14

पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ। परमप्रभु जो संकटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।

भजनसंग्रह 147:12

हे यरूशलेम! परमप्रभुको प्रशंसा गर! हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।

यशैया 12:2

परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।

यशैया 35:4

मानिसहरू भयभीत र अन्योलमा परेका छन्। ती मानिसहरूलाई भन, “बलियो हौऊ, नडाराऊ!” हेर, तिमीहरूका परमेश्वर आउनु हुनेछ अनि शत्रुहरूलाई दण्ड दिनुहुनेछ। उहाँ आएर तिमीहरूलाई पुरस्कार दिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ।

यशैया 37:6

परमप्रभु भन्नुहुन्छ, “कप्तानहरूका कुराहरू सुनेर तिमीहरू नडराऊ! अश्शूर राजा बाट मेरो बारेमा आएका ती “केटाहरूले” जुन अनिष्ट चीजहरू भने त्यो विश्वास नगर।

यशैया 40:29

परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।

यशैया 41:13

म परमप्रभु तिम्रो परमेश्वर हुँ। मैले तिम्रो दाहिने हात समाति रहेकोछु। अनि म तिमीलाई भन्दछु नडराऊ। म तिम्रो साथमा हुनेछु।

यशैया 43:1

याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।

यशैया 43:5

“यसैले नडराऊ! म तिमीहरूको साथमा छु। म तिम्रो नानीहरूलाई भेला गरेर तिमीकहाँ ल्याइदिनेछु। म तिनीहरूलाई पूर्व र पश्चिमबाट भेला गर्नेछु।

यशैया 44:2

म परमप्रभु हुँ अनि मैले तिमीलाई बनाएँ। म मात्र हुँ जसले तिमीलाई बनाए जो अहिले तिमी छौ। मैले तिमीलाई त्यति बेलादेखि सहयोग गरेको हुँ जब तिमी आमाको गर्भमा थियौ। मेरो दास, याकूब, नडराऊ। यशूरून (इस्राएल) मैले तिमीलाई चुनेको हुँ।

यशैया 49:8

परमप्रभु भन्नुहुन्छ, “त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु। त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु। त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु, त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ। देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ ती मानिसहरूलाई जो त्यसको मालिक थियो।

यशैया 51:12

परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”

Interlinear

Choose Theme