Home Bibles ☰ Books भजनसंग्रह 48:9 · नेपाली बाइबल
भजनसंग्रह 48:9 · नेपाली बाइबल

हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।

Cross references

1 राजा 10:6

यसर्थ रानीले राजालाई भनिन्, “मैले मेरो देशमा तपाईंको बुद्धि अनि गरेको सबै कामहरूको विषयमा धेरै कुरा सुनेकी थिएँ अनि प्रत्येक कुरा साँचो छ!

1 राजा 10:7

मैले तबसम्म विश्वास गरेकी थिइन जबसम्म म आएर आफ्ना आँखाले हेर्न पाएकी थिइन। म देख्दै छु मैले जे सुनेकी थिएँ, त्यो भन्दा बढी यहाँ छ। तपाईंको सम्पत्ति र बुद्वि मानिसहरूले बताएको भन्दा धेरै बढी छ।

2 इतिहास 20:5

यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए।

भजनसंग्रह 26:3

मैले तपाईंको साँचो प्रेम कहिल्यै बिर्सिएको छुइनँ अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।

भजनसंग्रह 40:10

हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ, मैले ती कुराहरू हृदयमा लुकाई राखिन। परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्। मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइन।

भजनसंग्रह 63:2

हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु। मैले तपाईंको शक्ति र महिमा देखेको छु।

भजनसंग्रह 77:10

तब मैले सोचें, “जुन कुराले मलाई सधैं सताई रहन्छ त्यो होः ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?”‘

भजनसंग्रह 87:5

परमेश्वरले सियोनमा जन्मेका प्रत्येक मानिसलाई चिन्नु हुन्छ। सर्वोच्च परमेश्वरले त्यो शहर बनाउनुभयो।

भजनसंग्रह 104:34

भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु।

भजनसंग्रह 105:5

याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ। याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू।

श्रेष्ठगीत 1:4

तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं। हामी तपाईंको पछि दगुर्ने छौं राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।हामीहरू खुशी अनि आनन्दित हुन्छौं। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।

यशैया 26:8

तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पर्खिरहेका छौं। हाम्रो प्राण तपाईं र तपाईंका नाउँ सम्झेर आनन्दित हुन्छ।

यर्मिया 31:40

समस्त बेंसी जहाँ लाशहरू र खरानी फ्याँकिन्छन् परमप्रभुको लागि पवित्र हुनेछ। पूर्वका सबै मैदानहरू-किद्रोन खोल्चाबाट घोडे ढोकाको कुनासम्म नै परमप्रभुका निम्ति पवित्र हुनेछ। त्यो भूमि फेरि कहिल्यै उखालिने र भत्काइने छैन।”

Interlinear

Choose Theme