Home Bibles ☰ Books मलाकी 1:14 · नेपाली बाइबल
मलाकी 1:14 · नेपाली बाइबल

कति मानिसहरूसित तिम्रो पशुहरू छन्, जुन उनीहरूले बलिदान स्वरूप चढाउँन सक्छन् तर उनीहरूले ती राम्रा पशुहरू मलाई चढाउँदैनन्। केही मानिसहरूले राम्रोपशुहरू मकहाँ ल्याउँछन्। तिनीहरूले स्वास्थ पशुहरू ल्याउँने प्रतिज्ञा गर्छन् तर गुप्तरूपमा त्यो राम्रो स्वास्थ पशुलाई रोगी पशुहरूसँग साटेर मलाई रोगी पशुहरूचढाउँछन्। तिनीहरूमाथि आपद् आईलाग्नेछ। किनभने म महान राजा हुँ। तिमीहरूले मलाई सम्मान गर्नु पर्ने हो। सारा पृथ्वीका मानिसहरूले मेरो सम्मान गर्छन्।” सर्वशक्तिमान परमप्रभुले ती सबै कुराहरू भन्नुभयो।

Cross references

उत्पत्ति 27:12

यदि मेरा बुबा मलाई छुनु हुन्छ, तब उनीले थाह पाउनेछन्, म एसाव होइन। उनले मलाई आशिर्वाद दिने छैनन्। किनभने मैले उनीसंग हिंड्ने प्रयत्न गरे।”

लेवी 22:18

“हारून, उनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भनः इस्राएलमा बसोबास गर्ने विदेशी होस अथवा देशी, त्यस मानिसको बलि कुनै विशेष बलि होस् अथवा त्यो उसको भाकलको बलि होस्।

व्यवस्था 28:58

“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ।

यहोशू 7:11

इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे।

भजनसंग्रह 47:2

सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ। सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।

भजनसंग्रह 47:3

अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो, उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।

भजनसंग्रह 47:8

परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।

भजनसंग्रह 48:2

परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ! यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ! सियोन पर्वत परमेश्वरको साँचो पर्वतहो, यो महान् राजाको शहर हो।

भजनसंग्रह 68:35

हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ। इस्राएल का परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो, परमेश्वरको प्रशंसा गर।

भजनसंग्रह 76:12

परमेश्वरले महान् शासकहरूलाई पराजित गर्नु हुन्छ। पृथ्वीका सबै राजाहरू उहाँसित डराउँछन्।

भजनसंग्रह 95:3

किन? किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ! अन्य सारा “देवताहरू”लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।

भजनसंग्रह 102:16

परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ। मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।

उपदेशक 5:4

यदि तिमीले परमेश्वरसंग कुनै कुराको प्रतिज्ञा गर्छौ भने पुरा गर्नमा दिलो नगर। परमेश्वर मूर्ख मानिसहरूसंग खुशी हुनुहुन्न। तिमीले परमेश्वरलाई जुन कुरो चढाउँने प्रतिज्ञा गरेका छौ त्यो चढाऊ।

यशैया 57:15

परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”

Interlinear

Choose Theme