Home Bibles ☰ Books भजनसंग्रह 11:7 · नेपाली बाइबल
भजनसंग्रह 11:7 · नेपाली बाइबल

तर परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले राम्रो काम गर्नेहरूलाई प्रेम गर्नु हुन्छ। धार्मिक मानिसहरू उहाँसँग हुन्छन् र उहाँको मुहार हेर्छन्।

Cross references

अय्यूब 36:7

परमेश्वरले धर्मी मानिसहरूमाथि पहरा दिनु रोकिनु हुनेछैन। उहाँले राजाहरूलाई सिंहासनमा चीरकालको लागि राख्नु हुन्छ अनि तिनीहरूको उन्नति गराउनु हुन्छ।

भजनसंग्रह 5:12

हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ। तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।

भजनसंग्रह 7:9

दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्, अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्। हे परमप्रभु, तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।

भजनसंग्रह 7:11

परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ, उहाँ सधैं अधर्मको विरूद्ध बोल्नु हुन्छ।

भजनसंग्रह 17:15

मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु। हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।

भजनसंग्रह 21:6

हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो। जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दमय पार्दछ।

भजनसंग्रह 33:5

परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ। परमेश्वरको साँचो प्रेमले पृथ्वी भरिन्छ।

भजनसंग्रह 33:18

परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्। जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।

भजनसंग्रह 34:15

परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ। उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।

भजनसंग्रह 37:28

परमप्रभुले न्याय मन पराउनु हुन्छ, उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोडनु हुन्न। परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं रक्षा गर्नुहुन्छ तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।

भजनसंग्रह 42:5

म यति उदास किन हुनु पर्ने? म किन यति साह्रो विचलित हुने! म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु। फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु। उहाँले मलाई बचाउनु हुन्छ!

भजनसंग्रह 45:7

तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर तपाईंलाई आफ्ना साथीहरूमाथिराज गर्न चुन्नुहुन्छ।

भजनसंग्रह 45:8

तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ। यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।

भजनसंग्रह 99:4

शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ। परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो। तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।

भजनसंग्रह 146:8

परमप्रभुले अंन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो। परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो संकटमा परेका छन्। परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।

Interlinear

Choose Theme