Home Bibles ☰ Books भजनसंग्रह 48:11 · नेपाली बाइबल
भजनसंग्रह 48:11 · नेपाली बाइबल

हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ। यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।

Cross references

न्यायकर्ता 5:31

हे परमप्रभु, तपाईंका समस्त शत्रुहरूको यसरी नै मृत्यु होस्! अनि समस्त मानिसहरू जो तपाईं प्रति प्रेम गर्छन्, झुल्कँदो सूर्य जस्तै शक्तिशाली बनुन्!”यसरी त्यो भूमिमा चालीस वर्षसम्म शान्ति रह्यो।

2 इतिहास 20:26

चौथो दिनमा यहोशापात अनि तिनका सेनाले बराका उपत्यकामा भेट गरे। तिनीहरूले त्यस स्थानमा परमप्रभुको स्तुति गरे। त्यसै कारणले मानिसहरूले त्यस स्थानलाई आज पनि “बराका बेंसी” भन्छन्।

भजनसंग्रह 58:10

जब दुष्ट मानिसले सजाय पाएको देख्छ तब धार्मिक मानिस खुशी हुन्छ। उ सबै शत्रुहरूलाई परास्त गर्ने सिपाही जस्तो हुनेछ।

भजनसंग्रह 97:8

हे सियोन, सुन अनि खुशी बन! हे यहूदाका शहरहरू, खुशी होऊ। किन? किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।

भजनसंग्रह 137:8

हे बेबिलोन, तिमी नाश हुनेछौ! त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ जुन दण्डको निम्ति तिमी योग्य थियौ। त्यस पुरूषलाई धन्यवाद देऊ जसले तिमीलाई कष्ट दियो जसरी तिमीले हामीलाई कष्ट दियौ।

श्रेष्ठगीत 1:5

यरूशलेमकि छोरीहरू हो! म काली तर सुन्दरी छु। केदार र शाल्माको पाल झैं काली छु।

श्रेष्ठगीत 2:7

हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर। मसित प्रेम गर्न उत्तेजित नहौ जबसम्म म यसको निम्ति तयारी हुँदिनँ।

श्रेष्ठगीत 3:5

हे यरूशलेमका तरूणीहरू हो। हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ कि म तयार नभए सम्म तिमीले प्रेम ममा जागृत गर्ने छैनौ।

श्रेष्ठगीत 5:16

हो, यरूशलेमका स्त्रीहरू! उहाँको मुख अधिक मिठास पूर्ण छ। मेरा प्रेमी अत्यन्तै कामनीय हुनुहुन्छ। मेरा प्रियतम, मेरा साथी यस्तो हुनुहुन्छ।

यशैया 37:22

“सनहेरीबको बारेमा यो परमप्रभुको सन्देश हो ‘सियोनकी कन्या-छोरी सोच्छे तिमी महत्वपूर्ण छैनौ। उसले तिमीलाई खिसी गर्छे। यरूशलेमकी छोरीले तिमीहरूलाई हाँसोको पात्र बनाउँछे।

जकरिया 9:9

हे सियोन, आनन्दित होऊ! यरूशलेमका मानिसहरू खुसिले कराऊ! हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्। उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ। उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।

मलाकी 1:11

“सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रा धूपबाल्छन्। किन? किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।

Interlinear

Choose Theme