Home Bibles लेवी 26:40 · नेपाली बाइबल
लेवी 26:40 · नेपाली बाइबल

“तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे,

Cross references

लेवी 5:5

जब ऊ त्यस्तो कुनै कुरामा दोषी ठहरिन्छ भने, उसले कसरी पाप गर्यो त्यो स्वीकार गर्नुपर्छ।

लेवी 26:21

“अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिर्काउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ।

लेवी 26:24

तब म आफैं तिमीहरूको विरूद्ध जानेछु र तिमीहरूको पापहरूको निम्ति सात गुणा दण्ड दिनेछु।

लेवी 26:27

“अझ पनि यदि तिमीहरूले मेरो आदेशहरू मान्न अस्वीकार गर्यौ अनि मेरो विरोधमा रह्यौ।

गन्ती 5:7

त्यसकारण उसले गरेको कुकर्म स्वीकार्नु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोडनु पर्छ जसलाई उसले सताए।

व्यवस्था 4:29

तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेशवरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।

व्यवस्था 30:1

“मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ।

व्यवस्था 30:2

त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ।

यहोशू 7:19

तब यहोशूले आकानलाई भने, “छोरो, तैंलेपरमप्रभु इस्राएलका परमेश्वरलाई सम्मान गर् अनि उहाँको अघि तेरो पाप स्वीकार गर्। मलाई भन तैंलेके गरिस् अनि मबाट कुनै कुरा पनि लुकाउने चेष्टा नगर्।”

यहोशू 22:15

यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू रूबेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने,

1 राजा 8:33

“कहिले काँही तपाईंका मानिसहरूले तपाईंको विरूद्धमा पाप कार्य गरे भने उनका शत्रुहरूले उनीहरूलाई परास्त गर्छन्। तब मानिसहरू तपाईंतिर फर्किन्छन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। मानिसहरूले यस मन्दिरमा नै तपाईंको प्रार्थना गर्नेछन्।

1 राजा 8:47

त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’

1 राजा 8:48

तिनीहरू ती टाढा ठाऊँमा कैदी हुनेछन्। तर यदि तिनीहरू कैदीमा हुदा सम्पूर्ण हृदयले तपाईं कहाँ आउँछन् अनि तिनीहरू तपाईंको भूमिलाई हेर्दै प्रार्थना गर्छन जुन तपाईंले तिनीहरूका पिता-पूर्खालाई दिनु भएको थियो। यस शहरलाई तपाईंले चुन्नु भएको थियो अनि यो मन्दिर तर्फ जुन मैले तपाईंको सम्मान मा बनाए।

एज्रा 9:6

र मैले भने”हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट् छु तपाईंलाई माथिहेर्न।

एज्रा 9:15

हे परमप्रभु इस्राएलका परमेश्वर तपाई असल हुनुहुन्छ! किनभने आज हामी बाँच्नेहरूको समुहमा छाडिएका छौ। यो दोष को कारण कोही पनि तपाईंको समक्ष निर्दोष घोषित हुन नसकेता पनि हामी दोष सहित यहाँ तपाईंका समक्ष छौ।

नहेम्याह 9:2

इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे।

अय्यूब 33:27

तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।

भजनसंग्रह 32:5

तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ। परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें। मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइँन। अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!

हितोपदेश 28:13

जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।

यर्मिया 3:12

यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’ यो सन्देश परमप्रभुबाट आएको थियो। ‘तिनीमाथि आँखा तर्न बन्द गर्छु। म कृपालु छु।’ यो सन्देश परमप्रभुबाट आएका हो। म अब उसो तिमीसित रीस गर्ने छैन।

यर्मिया 3:13

तिमीले आफ्नो खराब कर्म स्वीकार्नु पर्छ। तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरूध अपराध गरेका छौ। प्रत्येक हरियो रूखमनि तिमीले पराई देवताहरू पज्यौ। तिमीले मेरो कुरा सुनेका छैनौं।” यो सन्देश परमप्रभुबाट आएको हो।

यर्मिया 31:18

मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।

विलाप 1:20

“हे परमप्रभु मलाई हेर्नुहोस्! म दुखमा परेकोछु! मेरो प्राण अस्वस्थ छ। मेरो हृदय अस्वस्थ छ किनभने म विद्रोही भएको छु। मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए। घर भित्र मृत्युशोक व्याप्त छ।

इजकिएल 14:23

तिमीहरूले तिनीहरूको बस्ने ढंग अनि तिनीहरूले गर्ने नराम्रो काम देख्नेछौ। त्यसपछि तिमीले सम्झने छौ कि तिनीहरूलाई दण्ड दिने उचित कारण मसँग थियो।” परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नुभयो।

इजकिएल 36:31

तिमीहरूले त्यो नराम्रो काम याद गर्नेछौ जुन तिमीहरूले गर्यौ, तिमीहरूले याद गर्नेछौ त्यो काम राम्रो थिएन। त्यसपछि तिमीहरू आफ्नो पापहरू अनि जुन डरलाग्दा काम गर्यौ त्यसको लागि तिमी स्वंय आफूलाई घृणा गर्नेछौ।”

दानियल 9:3

तब म फेरि परमेश्वर मेरा मालिकपट्टि फर्किएँ अनि सहायताको निम्ति प्रार्थना गरें। मैले खाना खान छोडें अनि यस्तो लुगा लगाएँ जसबाट यो बुझियोस् कि म दुखी छु। मैले आफ्नो टाउकोमा धूलो हालें।

दानियल 9:4

मैले परमप्रभु मेरो परमेश्वरलाई प्रार्थना गरें। मैले मेरा सबै पापहरूको विषयमा उहाँलाई मैले भनें, “हे परमप्रभु तपाईं महान अनि भय योग्य परमेश्वर हुनुहुन्छ। तपाईंसित प्रेम गर्ने मानिसहरूसित तपाईंले प्रेम अनि दया गर्नुहुन्छ। तपाईंले तपाईंको करार मानिसहरूसित राख्नु हुन्छ जसले तपाईंको आज्ञाहरू पालन गर्छन्।

होशे 5:15

जबसम्म तिनीहरूले आफ्ना अपराध स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु। आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन।”

लूका 15:18

म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें

1 यूहन्ना 1:8

यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।

Interlinear

Choose Theme