Home Bibles ☰ Books विलाप 1:20 · नेपाली बाइबल
विलाप 1:20 · नेपाली बाइबल

“हे परमप्रभु मलाई हेर्नुहोस्! म दुखमा परेकोछु! मेरो प्राण अस्वस्थ छ। मेरो हृदय अस्वस्थ छ किनभने म विद्रोही भएको छु। मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए। घर भित्र मृत्युशोक व्याप्त छ।

Cross references

लेवी 26:40

“तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे,

व्यवस्था 32:25

बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्। तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्। सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्। तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरुलाई मार्नेछन्।

1 राजा 8:47

त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’

अय्यूब 30:27

म भित्र कष्ट कहिल्यै रोकिंदैन अनि दुःख भर्खरै शुरू भएको छु।

अय्यूब 33:27

तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।

भजनसंग्रह 22:14

मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो!

भजनसंग्रह 51:3

म जान्दछु मैले पाप गरें। म सधैं ती पापहरू देख्दछु।

हितोपदेश 28:13

जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।

यशैया 16:11

यसैकारण, मोआब प्रति म अत्यन्तै दुःखी छु। कीर-हरेशे प्रति म अत्यन्तै दुःखी छु। म ती शहरहरू प्रति अत्यन्त दुःखी छु।

यशैया 38:14

म ढुकुर जस्तै रोएँ म चरा जस्तै रोएँ मेरा आँखाहरू थकित भए तर मैले लगातार स्वर्ग तिर हेरिरहे। हे मेरो मालिक! म अत्यन्त खिन्न भएँ मलाई साथ दिने वचन दिनुहोस्।”

यर्मिया 2:35

तर तिमी अझ भन्छौ, ‘म निर्दोष छु। परमेश्वर मसँग क्रोधित हुनुहुन्न।’ यसकारण म तिम्रो न्याय गर्नेछु कारण तिमी भन्छौ कि ‘मैले पाप गरेको छैन।’

यर्मिया 3:13

तिमीले आफ्नो खराब कर्म स्वीकार्नु पर्छ। तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरूध अपराध गरेका छौ। प्रत्येक हरियो रूखमनि तिमीले पराई देवताहरू पज्यौ। तिमीले मेरो कुरा सुनेका छैनौं।” यो सन्देश परमप्रभुबाट आएको हो।

Interlinear

Choose Theme