लेवी 26:24 · नेपाली बाइबल
तब म आफैं तिमीहरूको विरूद्ध जानेछु र तिमीहरूको पापहरूको निम्ति सात गुणा दण्ड दिनेछु।
Cross references
2 शमूएल 22:27
परमप्रभु, तपाईं असल र पवित्र हुनुहुन्छ जो साँच्चै असल र पवित्र हुनेको निम्ति तर, जो खराब छ उसको निम्ति तपाईं चतुर हुनुहुन्छ
अय्यूब 9:4
परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ। परमेश्वरसंग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ।
भजनसंग्रह 18:26
हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ। तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ।
यशैया 63:10
तर मानिसहरू परमप्रभुको विरूद्ध उठे। तिनीहरूले पवित्र आत्मालाई दुखित बनाए। यसकारण उनीहरू परमप्रभुको शत्रु भए परमप्रभुले ती मानिसहरू विरूद्ध लडाइँ गर्नु भयो।