Home Bibles एज्रा 9:15 · नेपाली बाइबल
एज्रा 9:15 · नेपाली बाइबल

हे परमप्रभु इस्राएलका परमेश्वर तपाई असल हुनुहुन्छ! किनभने आज हामी बाँच्नेहरूको समुहमा छाडिएका छौ। यो दोष को कारण कोही पनि तपाईंको समक्ष निर्दोष घोषित हुन नसकेता पनि हामी दोष सहित यहाँ तपाईंका समक्ष छौ।

Cross references

लेवी 26:40

“तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे,

लेवी 26:41

यदि तिनीहरूले म तिनीहरूको शत्रु भएको र शत्रुहरूको देशमा पठाएको सत्य स्वीकारे अनि तिनीहरू मेरो निम्ति विदेशीहरू झैं भए पनि यदि तिनीहरूको दुष्ट हृदयलाई नम्र पारी आफ्नो पापको दण्ड भोग्छन् भने,

यहोशू 22:15

यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू रूबेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने,

एज्रा 1:4

जो यहूदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामाग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिरको निम्ति सहायता गरोस्।”

नहेम्याह 9:8

तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए यसर्थ तपाईंले ऊसित कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको भूमि उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो किनभने तपाईं धर्मी हुनुहुन्छ।

नहेम्याह 9:33

हामी माथि घटेका समस्त घटना प्रति तपाईंले न्याय हुनु भएकोछ यद्यापि हामीले दुष्ट कार्यहरू गर्यौ।

अय्यूब 9:2

“हो, म जान्दछु तिमीले जे कुरा भन्छौ त्यो सत्य हो। तर कसरी मानिसले परमेश्वरलाई तर्कमा पराजित गराउनु सक्छ?

भजनसंग्रह 119:137

हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ। तपाईंका नियमहरू सही र इमान्दार छन्।

भजनसंग्रह 130:3

परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने, कुनै मानिस पनि जिउँदो हुने थिएन।

भजनसंग्रह 143:2

मलाई कुनै मामिला नलगाउनु होस्। म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ। तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन।

यशैया 64:6

हामी सबै पापले अशुद्ध भएका छौं। हाम्रा असल कामहरू पनि शुद्ध छैनन्। तिनीहरू रगतका दागहरू भएका लुगाहरू जस्ता छन्। हामी ओइलएर झरेका पातहरू झैं छौं। हाम्रा पापहरूले हामीलाई बतासले झैं उडाइलैजानेछ।

यर्मिया 12:1

हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सँधै धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?

विलाप 3:22

परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।

इजकिएल 33:10

“यसकारण हे मानिसको छोरो! इस्राएलका घरानालाई मेरा निम्ति केही भन। तिनीहरू भन्न सक्छन्, ‘हामीहरूले पाप गर्यौ अनि आज्ञाहरू भङ्ग गर्यौ। हाम्रो पाप, हाम्रो सहने शक्तिबाट बाहिर छ। हामी ती पापहरूको कारणले बाँच्नको निम्ति के गर्नसक्छौं?’

दानियल 9:7

“हे परमप्रभु, तपाईं असल हुनुहुन्छ अनि सदचारिता तपाईंकै हो! तर आज लाज हाम्रो हो। लाज यहूदा र यरूशलेमका मानिसहरूबाट हो। लाज इस्राएलका सबै मानिसहरूको हो। मानिसहरू जो नजिकमा छ। अनि मानिसहरू त्यसको टाडामा छन्। परमप्रभु तपाईंले ती मानिसहरूलाई धेरै जातिहरूको बीचमा छरपष्ट पार्नु भयो। अनि ती देशमा भएका इस्राएलका मानिसहरू लज्जित हुनुपर्छ। तिनीहरूले तपाईंको विरूद्धमा नराम्रो काम गरेका हुनाले तिनीहरू लज्जित हुनुपर्छ, परमप्रभु!

दानियल 9:14

यसकारण परमप्रभुले आफ्नो समयमा यो विपत्ति हामीमाथि ल्याउनु भयो। आफूले गर्नु भएका सबै कुरामा परमप्रभु हाम्रा परमेश्वर ठीक हुनुहुन्छ तर पनि हामीले उहाँको आज्ञा पालन गरेका छैनौं।

जकरिया 3:3

यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो।

यूहन्ना 8:21

फेरि, येशूले मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई छोडेर जानेछु। तिमीहरूले मलाई मलाई खोज्ने-छौ, तर तिमीहरू आफ्नै पापले मर्नेछौं। जहाँ म गइरहेछु त्यहाँ तिमीहरू आउन सक्तैनौ।”

यूहन्ना 8:24

मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”

रोमी 3:19

हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।

रोमी 10:3

तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्।

1 कोरिन्थी 15:17

अनि यदि ख्रीष्ट मृत्युबाट बोरिइनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थै हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ।

Interlinear

Choose Theme