Home Bibles यर्मिया 21:14 · नेपाली बाइबल
यर्मिया 21:14 · नेपाली बाइबल

‘तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ। म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु। त्यो आगोले तिमीहरू वरिपरि भएका सारा चीजहरू जलाई दिनेछ।”‘

Cross references

2 इतिहास 36:19

नबूकदनेसर अनि तिनका सेनाले परमेश्वरको मन्दिर जलाई दिए। तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काए अनि राजाको महल अनि उसका अधिकरीहरूका भवनहरू जलाईदिए। तिनीहरूले यरूशलेमको प्रत्येक बहूमुल्य चीजहरू लगे अथवा नष्ट गरिदिए।

हितोपदेश 1:31

तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।

हितोपदेश 12:14

मानिसको व्याख्याले धेरै असल चीजहरू प्रदान गर्छ अनि त्यसरी नै उसले गरेको कामले उसलाई लाभ दिन्छ।

यशैया 3:10

धर्मी मानिसहरूलाई भन, “तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउँनेछन्।

यशैया 10:12

मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अंहकारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।

यशैया 10:18

तब आगो ठूलो हुन्छ, ठूला-ठूला रूखहरू अनि ठूला अङ्गुरका बोटहरूलाई खरानीमा परिणत गर्छ। अन्तमा प्रत्येक वस्तु यस प्रकारले नाश हुन्छ कि त्यहाँ एक जना मानिस रहने छैन्। अश्शूर यस प्रकारले डडेको मुडा जस्तै नष्ट हुनेछ।

यशैया 24:21

त्यस समय परमप्रभुले स्वार्गीय सैन्यहरू र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।

यशैया 27:10

त्यस समय, महान शहर रित्तो हुनेछ, त्यो मरूभूमि जस्तो हुनेछ। सारा मानिसहरू गइसकेका हुनेछन्। तिनीहरू भाग्ने छन्। शहर एक खुल्ला चउर जस्तो हुनेछ। गाई-वस्तुहरूले त्यहाँ खानेछन्। गाई-वस्तुहरूले दाखका हागाँहरूबाट पातहरू खानेछन्।

यशैया 37:24

तिमीहरूले आफ्ना अधिकारीहरू परमप्रभु, मेरा मालिकलाई अपमान गर्न पठायौ। तिमीले भन्यौ, ‘म अत्यन्त शक्तिशाली छु। मसँग धेरै-धेरै रथहरू छन्। म आफ्नो शक्तिले लबानोनलाई परास्त गर्छु। म लबानोनको उच्चतम पर्वतहरूमा चढें। मैले लबानोनका सबै ठूलो रूखहरू काटेर ढाले। म ती उच्च पर्वत र जङ्गलको गहिरो भागहरूभित्र थिएँ।

यर्मिया 6:19

हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ! यहूदाका मानिसहरूको लागि म ध्वंस ल्याइरहेको छु किनभने तिनीहरूले नराम्रो कर्मका निम्ति योजना बनाएका छन् अनि तिनीहरूले मेरो सन्देशहरूलाई ध्यान दिएनन् अनि मेरा शिक्षाहरू अस्वीकार गरे।”

यर्मिया 6:29

खँलातिले आगो तेज पार्छ र अशुद्धी हटाउँछ तर मेरा मानिसहरूलाई केही गर्नु सकिदैन कारण तिनीहरूबाट खराबी हटाउनु सकिदैन।

यर्मिया 9:25

यो परमेश्वरबाट आएको सन्देश हो। “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु।

यर्मिया 11:22

सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्।

यर्मिया 17:10

तर म हुँ, म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।

यर्मिया 17:27

“‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ भने; यदि तिमीहरूले विश्रामको दिनमा यरूशलेमभित्र भारीहरू ल्यायौ भने, तिमीहरूले यस दिनलाई पवित्र दिन मानेका हुँदैनौ। यसकारण म आगो सल्काउनु शुरू गर्नेछु जुन निभाउन सकिन्दैन। त्यो आगो यरूशलेमको प्रवेशद्वारहरू देखि शुरू हुनेछ, अनि यरूशलेमको राजमहलहरू जलाउनेछ।”‘

यर्मिया 22:7

म राजदरबार ध्वंस गर्नलाई हतियार सहित मानिस पठाउने छु। ती ध्वंसकहरूले तेरा देवदारको रूखहरू काट्नेछन् र आगोमा फ्याँकनेछन्।

यर्मिया 32:19

तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ।

यर्मिया 52:13

नबूजरदानले परमप्रभुको मन्दिरमा आगो लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगो लगाइदियो।

इजकिएल 20:46

“हे मानिसको छोरो! ध्यान दिएर दक्षिणपट्टि हेर अनि यहूदाको दक्षिण भाग नेगेव हेर। नेगेवको जङ्गलकोविरूद्ध अगमवाणी गर।

इजकिएल 21:3

इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरूद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु।

मीका 7:13

पृथ्वी ती मानिसहरु जो यस पृथ्वीका निवासी थिए तिनीहरुको कर्महरु जुन तिनीहरुले गर्थे ती कारणले बर्बाद भएको थियो।

जकरिया 11:1

लबानोन, आफ्नो दैलोहरू खोल, किनभने आगो भित्र आउँछ अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।

गलाती 6:7

आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।

Interlinear

Choose Theme