Home Bibles मीका 7:13 · नेपाली बाइबल
मीका 7:13 · नेपाली बाइबल

पृथ्वी ती मानिसहरु जो यस पृथ्वीका निवासी थिए तिनीहरुको कर्महरु जुन तिनीहरुले गर्थे ती कारणले बर्बाद भएको थियो।

Cross references

लेवी 26:33

म तिमीहरूलाई देश विदेशमा छरपुष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।

अय्यूब 4:8

मैले कतिपय संकटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ। तर तिनीहरू नै सँधै दण्डित हुन्छन्।

हितोपदेश 1:31

तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।

हितोपदेश 5:22

एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।

हितोपदेश 31:31

तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ। 

यशैया 3:10

धर्मी मानिसहरूलाई भन, “तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउँनेछन्।

यशैया 6:11

तब मैले सोधें, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?”परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू ध्वंश हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश ध्वंस भएर खाली छोडिंदैन् तबसम्म तिमीले मैले भने जस्तो गर्नु।”

यशैया 17:9

त्यसबेला शक्तिशाली शहरहरू सबै रित्तो हुनेछन्। ती शहर यी पर्वतहरू जङ्गल हुनेछन् जस्तो इस्राएलका मानिसहरू त्यस भूमिमा आउनु अघि हुने गर्थ्यो बितेका दिनहरूमा त्यहाँका मानिसहरू भागेका थिए। किनभने त्यहाँ इस्राएलीहरू आउँदैथे। फेरि भविष्यमा पनि, त्यो देश रित्तो हुनेछ।

यशैया 24:3

सारा मानिसहरूलाई त्यो ठाउँ छोडनलाई वाध्य पारिने छ। जम्मै धन-सम्पत्ति लैजाने वा खोसिने छ। यस्तो घटना हुने नै छ कारण परमप्रभुले आदेश गर्नु भएकोछ।

यर्मिया 17:10

तर म हुँ, म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।

यर्मिया 21:14

‘तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ। म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु। त्यो आगोले तिमीहरू वरिपरि भएका सारा चीजहरू जलाई दिनेछ।”‘

यर्मिया 25:11

त्यो सम्पूर्ण क्षेत्र नै मरूभूमि जस्तो उजाड हुनेछ। यी सबै जातिहरूका मानिसहरूले सत्तरी वर्ष सम्म बाबेलका राजाको सेवा गर्नेछन्।

यर्मिया 32:19

तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ।

इजकिएल 12:19

तिमीले यी साधारण जनतासित भन्नुपर्छ। तिमीले भन्नुपर्छ, ‘परमप्रभु हाम्रो मालिक यरूशलेमको बासिन्दाहरू अनि इस्राएलको अन्य भागका मानिसहरूसँग यसो भन्नुहुन्छ। मानिसहरू, तिमीहरूले खाना खाँदा अफसोसमा पार्नुपर्छ। तिमीहरू पानी पिउँदा साह्रै भयभीत हुनेछौ। किनकि त्यहाँ बसो-बास गर्नेहरूको हिंसाले गर्दा तिमीहरूको देशको सबै सामानहरू नष्ट हुनेछ।

दानियल 4:26

“जरा सहित ठुटोलाई भूइँमा छोडिदिने आज्ञा यो हो तपाईंको राज्य तपाईंलाई फेरि फिर्ता दिनुहुनेछ। यो तब हुनेछ जब त्यो सर्वोच्च परमेश्वरले तपाईंको राज्यमा शासन गर्नुहुन्छ भन्ने तपाईंले जान्नु हुन्छ।

मीका 3:12

हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।

मीका 6:13

यसकारण मैले तिमीहरुलाई दण्ड दिन शुरु गरें। म तिमीहरुलाई तिमीहरुको पापको कारण नष्ट गरिदिनेछु।

लूका 21:20

“तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ।

गलाती 6:7

आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।

Interlinear

Choose Theme