Home Bibles 2 इतिहास 36:19 · नेपाली बाइबल
2 इतिहास 36:19 · नेपाली बाइबल

नबूकदनेसर अनि तिनका सेनाले परमेश्वरको मन्दिर जलाई दिए। तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काए अनि राजाको महल अनि उसका अधिकरीहरूका भवनहरू जलाईदिए। तिनीहरूले यरूशलेमको प्रत्येक बहूमुल्य चीजहरू लगे अथवा नष्ट गरिदिए।

Cross references

1 राजा 9:8

यो मन्दिर ध्वंस हुनेछु। प्रत्येक मानिस जो यसलाई हेर्नेछ, आश्चर्य चकित हुनेछ। तिनीहरूले सोध्ने छन्, ‘परमप्रभुले यो मन्दिर र भूमि प्रति यस्तो भयंकर कार्य किन गर्नु भयो?’

2 राजा 25:9

नबूजरदानले परमप्रभुको मन्दिर, राजाको महल र यरूशलेमका सबै घरहरू जलाए। उनले मुख्य मानिसहरूका घरहरू पनि जलाए।

2 इतिहास 7:20

तब म इस्राएलका मानिसहरूलाई मैले तिमीहरूलाई दिएको देशबाट बाहिर निकाल्ने छु। अनि म यो मन्दिरलाई त्याग्ने छु जसलाई मैले आफ्ना नाउँका निम्ति पवित्र तुल्याएको छु। म यो मन्दिरलाई केही यस्तो बनाउने छु जसमा कि सबै राष्ट्रहरूले यसको बारेमा नराम्रा कुरा गर्ने छन्।

2 इतिहास 34:24

‘म यो स्थानमा अनि यहाँ बस्ने मानिसहरू माथि दुःख कष्ट ल्याइदिनेछु। म ती सबै भयानक कुराहरू ल्याउनेछु जो त्यो पुस्तकमा लेखिएका छन् जसलाई यहूदाका राजाको सामुन्ने पढिएको थियो।

नहेम्याह 1:3

तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।”

भजनसंग्रह 74:4

शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए। तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौं भनेर भान गर्न मन्दिरमा गाडे।

भजनसंग्रह 74:7

ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए। तिनीहरूले त्यो मन्दिर जुन तपाईंको नाउँको सम्मानमा बनिएको थियो भूँईमा लडाए।

भजनसंग्रह 79:1

हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए। ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।

भजनसंग्रह 79:7

ती सम्प्रदायरूले याकूबलाई र उसको देशलाई ध्वंश पारे।

यशैया 64:10

तपाईंका पवित्र शहरहरू रित्तो छन्। ती शहरहरू उजाड र निर्जन छन्। सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो।

यर्मिया 7:4

कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”

यर्मिया 7:14

यसकारण यरूशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पार्नेछु। म त्यो घरलाई शीलो भत्काए झैं ध्वंस पारिदिनेछु। अनि यरूशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा डाकिन्छ त्यसमा तिमीहरू भरोसा गर्छौ। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ।

यर्मिया 32:29

बाबेल सेनाले यरूशलेम शहरमाथि आक्रमण गरिरहेकाछन् तिनीहरू भित्र पस्नेछन् र आगो लाउनेछन्। तिनीहरूले जलाएर नै यो शहर भत्काउनेछन्। शहरमा यस्ता मानिसहरू छन् जो झूटा देवता बाललाई छानामाथि बाल्छन् अनि अर्घ बलिहरू अर्पण गर्छन् अनि मलाई रीस उठाउँछन्। बाबेल सेनाले यी घरहरू जलाएर खरानी पार्नेछन्।

यर्मिया 52:13

नबूजरदानले परमप्रभुको मन्दिरमा आगो लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगो लगाइदियो।

विलाप 4:1

हेर सुन कसरी फिका भयो। हेर असली सुन कसरी बद्लियो। त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्। तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।

मीका 3:12

हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।

जकरिया 1:6

अगमवक्ताहरु मेरा सेवकहरु थिए। मैले उनीहरुलाई तिमीहरुका पिता-पुर्खाहरुलाई मेरो ब्याबस्था अनि शिक्षाहरुको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरुका पिता-पुर्खाहरुले शिक्षाहरु ग्रहण गरे। तिनीहरुले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरुले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”

लूका 21:6

तर येशूले भन्नुभयो, “एउटा समय आउनेछ, अहिले यहाँ तिमी जो देख्छौ प्रत्येक चीज नै नाश हुनेछ। प्रत्येक ढुगां नै फ्याँकिनेछ। कुनै एउटा ढुङ्गा पनि अर्को माथि रहनेछैन्।”

Interlinear

Choose Theme