Home Bibles यर्मिया 17:27 · नेपाली बाइबल
यर्मिया 17:27 · नेपाली बाइबल

“‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ भने; यदि तिमीहरूले विश्रामको दिनमा यरूशलेमभित्र भारीहरू ल्यायौ भने, तिमीहरूले यस दिनलाई पवित्र दिन मानेका हुँदैनौ। यसकारण म आगो सल्काउनु शुरू गर्नेछु जुन निभाउन सकिन्दैन। त्यो आगो यरूशलेमको प्रवेशद्वारहरू देखि शुरू हुनेछ, अनि यरूशलेमको राजमहलहरू जलाउनेछ।”‘

Cross references

व्यवस्था 32:22

मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।

2 राजा 22:17

यहूदाका मानिसहरूले मलाई छोडे अनि अरू देवताहरूका लागि धूपबलि बाले। तिनीहरूले मलाई रीस उठाए। तिनीहरूले धेरै देवमूर्तिहरू बनाए। त्यसै कारणले गर्दा म यस ठाउँको विरोधमा आफ्नो रीस देखाउनेछु। मेरो रीस आगो जस्तो हुनेछ जसलाई थाम्न सकिने छैन।’

2 राजा 25:9

नबूजरदानले परमप्रभुको मन्दिर, राजाको महल र यरूशलेमका सबै घरहरू जलाए। उनले मुख्य मानिसहरूका घरहरू पनि जलाए।

2 इतिहास 36:19

नबूकदनेसर अनि तिनका सेनाले परमेश्वरको मन्दिर जलाई दिए। तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काए अनि राजाको महल अनि उसका अधिकरीहरूका भवनहरू जलाईदिए। तिनीहरूले यरूशलेमको प्रत्येक बहूमुल्य चीजहरू लगे अथवा नष्ट गरिदिए।

यशैया 1:20

ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।”परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

यशैया 1:31

शक्तिशाली मानिसहरू जङ्गलमा सुकेका मसिना दाउराहरू जस्तै हुनेछन्। अनि जुन कुराहरू ती मानिसहरूले गर्नेछन् त्यो एक झिल्का जस्तो हुनेछ जसले आगो लगाउनेछ। ती शक्तिशाली मानिसहरू र तिनीहरूले गरेका कार्यहरू सबै त्यही आगोमा डढेर भस्म हुनेछन् अनि कसैले पनि त्यो आगो निभाउन सक्ने छैन।

यशैया 9:18

दुष्टता सानो आगो जस्तै हो। प्रथम, त्यसले सिउँडी र काँढाहरू जलाउँछ। अर्कोपल्ट, त्यसले वनका विस्तृत घाँस र झाडीहरू जलाएर सखाप पार्दछ। अनि अन्तिममा यो भयंकर ठूलो आगो हुन्छ र प्रत्येक कुरा धूवाँमा परिणत हुन्छ।

यर्मिया 6:17

तिमीहरूमाथि निगाह राख्न मैले एकजना चौकीदार रोजेको छु। मैले तिनीहरूलाई बताएँ, ‘युद्धको तुरहीको आवाज सुन।’ तर तिनीहरूले भने, ‘हामी सुन्ने छैनौ।”‘

यर्मिया 7:20

यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”

यर्मिया 17:4

तिमीहरूले मैले दिएको भूमि उम्काउनेछौ। विदेशमा तिमीहरूले शत्रुहरूको सेवा गर्नेछौ कारण तिमीहरूले मेरो क्रोधलाई तातो आगो झैं बनायौ जुन सदा सर्वदाका निम्ति बलिरहनेछ।”

यर्मिया 17:21

परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोक। यरूशलेमको प्रवेशद्वार भएर विश्राम दिनमा भारी नल्याऊ।

यर्मिया 17:24

परमप्रभु भन्नुहुन्छ, “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेर विश्रामको दिन शहरका मूल-द्वारहरूबाट कुनै भारी भित्र ल्याएनो र विश्राम दिनलाई पवित्र मानी कुनै पनि काम गरेनौ भने,

यर्मिया 21:12

हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ ‘मानिसहरूलाई निष्पक्ष न्याय गर र अत्याचारमा परेकाहरूलाई अत्याचारीहरूबाट संरक्षण गर। यदि तिमीहरूले त्यसो गरेनौ भने रीसले म निभाउनु नसकिने आगो झैं हुनेछु। यो साँचो हुनेछ कारण तिमीहरूले धैरे दुष्कर्महरू गरेकाछौ।’

यर्मिया 21:14

‘तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ। म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु। त्यो आगोले तिमीहरू वरिपरि भएका सारा चीजहरू जलाई दिनेछ।”‘

यर्मिया 22:5

यदि तिमीहरूले ती आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्नुहुन्छ म आफ्नै नाउँमा शपथ लिन्छु म यो राजमहल ध्वंस पार्नेछु।”‘

यर्मिया 26:4

तिमीले तिनीहरूलाई भन्नेछौ, ‘यही नै परमप्रभु भन्नुहुन्छ यदि तिमीहरूले मेरा कुराहरू सुनेनौ अनि मैले तिमीहरू अघि राखेको शिक्षाहरू।

यर्मिया 32:29

बाबेल सेनाले यरूशलेम शहरमाथि आक्रमण गरिरहेकाछन् तिनीहरू भित्र पस्नेछन् र आगो लाउनेछन्। तिनीहरूले जलाएर नै यो शहर भत्काउनेछन्। शहरमा यस्ता मानिसहरू छन् जो झूटा देवता बाललाई छानामाथि बाल्छन् अनि अर्घ बलिहरू अर्पण गर्छन् अनि मलाई रीस उठाउँछन्। बाबेल सेनाले यी घरहरू जलाएर खरानी पार्नेछन्।

यर्मिया 38:21

तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्यौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएको त्यो हुनेछ।

यर्मिया 39:8

बाबेलका सेनाले राजाको महल अनि यरूशलेमको मानिसहरूको घरहरू जलाइदिए। अनि तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काइदिए।

यर्मिया 44:16

“परमप्रभुबाट आएको सन्देश जो तिमीले हामीलाई सुनायौ त्यो हामी मान्दैनौं।

यर्मिया 49:27

“म दमिशकको पर्खालहरूमा आगो लगाईदिनेछु। त्यो आगोले बेनहददका किल्लाहरू पूर्ण रूपले जलाइदिनेछ।”

यर्मिया 52:13

नबूजरदानले परमप्रभुको मन्दिरमा आगो लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगो लगाइदियो।

विलाप 4:11

परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो र उहाँले आफ्नो क्रोध पोखाउनु भयो। उहाँले सियोनमा आगो लगाउनु भयो। आगोले सियोन्‌को जगहरू धराशायी गरिदियो।

इजकिएल 16:41

अनि तिनीहरूले तिम्रो घरहरू आगोले जलाई दिनेछन् अनि तिमीलाई धेरै स्त्रीहरूको सामुने दण्ड दिनेछन्। म तिमीलाई तिम्रो वेश्यावृति देखि रोक्नेछु र तिमीले अरू ज्याला पाउने छैनौ।

इजकिएल 20:47

नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ।

इजकिएल 21:3

इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरूद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु।

इजकिएल 22:8

तिमीहरूले पवित्र चीजलाई घृणा गर्छौ। तिमीहरूले मेरो विश्रामको दिनलाई यस्तो मान्छौ मानौं त्यस दिनको कुनै महत्व छैन्।

आमोस 1:4

यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरु भस्म पार्नेछ।

आमोस 1:7

यसकारण म गाजा देशको पर्खालहरुमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबैकिल्लाहरु जलाइ दिनेछ।

आमोस 1:10

त्यस आगोलेसोरको किल्लाहरु पनि ध्वंश पार्नेछ।

आमोस 1:12

यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरु पनि ध्वंश पार्नेछ।

आमोस 1:14

यसकारण, अब म रब्बाको पर्खाल मा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ।कष्ट तिनीहरु माथि आँधी बेरी जस्तै तिनीहरुको देशमा आइपर्नेछ।

आमोस 2:2

यसकारण अबम मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियोतका पर्खालहरु भस्म पार्नेछु। र त्यहाँखैला-बैला, चिच्याइ र तुरहीको आवाज आउँनेछ अनि मोआब मर्नेछ।

आमोस 2:4

परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरुले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने तिनीहरुले परमप्रभुको आज्ञा मान्नअस्वीकार गरे। तिनीहरु आफ्ना बाबुहरुले मानेका झूटो देवताहरुलाई मानेर पथ-भ्रष्ट भएकाछन्।

आमोस 2:5

यसैकारण म यहुदामा आगो लगाइदिनेछु अनि त्यो आगोलेयरूशलेमको किल्लाहरुलाई खरानिमा परिणत गर्नेछ।”

जकरिया 7:11

तर ती मानिसहरूले सुन्न अस्वीकार गरे जे उहाँले गर्न चाहनु हुन्थ्यो। तिनीहरुले आफ्ना कान बन्द गरे जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।

मर्कूस 9:43

यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊँ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो।

हिब्रू 12:25

होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ?

Interlinear

Choose Theme