Home Bibles यशैया 10:12 · नेपाली बाइबल
यशैया 10:12 · नेपाली बाइबल

मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अंहकारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।

Cross references

गन्ती 24:24

जहाजहरू कित्तीमको किनारबाट आउनेछन् र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्। तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”

व्यवस्था 32:27

तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्। शत्रुहरूले बुझ्ने छैनन्। तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्, “परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन हामीले हाम्रै शाक्तिले जित्यौं।”‘

2 राजा 19:31

किनभने केही मानिसहरू बाँचेका हुनेछन्। तिनीहरू यरूशलेमबाट बाहिर निस्केर जानेछन्। जो मानिसहरू बाँचेका हुन्छन् ती सबै सियोन डाँडाबाट बाहिर निस्केर जानेछन्। परमप्रभुको जोशले यो काम हुनेछा।

अय्यूब 40:11

यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउन सक्छौ। ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।

भजनसंग्रह 18:27

हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।

भजनसंग्रह 21:10

शत्रुहरूका सन्तानहरू समेत नष्ट भए। तिनीहरू यस पृथ्वीबाट गए।

भजनसंग्रह 76:10

हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्। तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ, अनि जीवित् रहनेहरू बलिया हुन्छन्।

हितोपदेश 21:4

घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन प्रदीपको सलेदोको काम गर्छन्।

हितोपदेश 30:13

केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्।

यशैया 2:11

घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफै आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ।

यशैया 2:12

परमप्रभुसंग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्।

यशैया 5:15

ती मानिसहरू नम्र हुनेछन्। ती ठूला मानिसहरूले शिर झुकाउनेछन् अनि भूइँतिर हेर्नेछन्।

यशैया 9:9

एप्रैमका मानिसहरू, सामरियाका अगुवाहरू सम्मलाई, परमेश्वरले दण्ड दिनुहुनेछ भन्ने कुरा थाहा छ।ती मानिसहरू अहिले एकदम अंहकारी र घमण्डी छन्। तिनीहरू भन्दछन्,

यशैया 10:5

परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु।

यशैया 10:16

सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुञ्ञेलसम्म आगो जस्तै बलि रहनेछ।

यशैया 10:25

तर केही समयभित्र नै मेरो क्रोध शान्त हुनेछ। अश्शूरले तिमीहरूलाई सोचे जति दण्ड दिएकोमा म सन्तुष्ट हुनेछु।”

यशैया 14:24

सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो। र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ।

यशैया 17:12

धेरै धेरै मानिसहरूलाई सुन! तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्। ती हल्लाहरूलाई सुन, ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्।

यशैया 27:9

याकूबको दोष कसरी क्षमा गरिने? उसका पापहरू कसरी हटाइने? ती कुराहरू हुने नै हो चट्टानको वेदी धूलो परिनेछ। झूटा देवताहरूलाई मूर्तिहरू र वेदीहरू पुज्ने नष्ट हुनेछन्।

यशैया 28:21

यस्तो पाठ सेनाहरूका परमप्रभुबाट आउँदछ। परमप्रभुले अनौठो सल्लाह दिनुहुन्छ। परमेश्वर साँच्ची नै ज्ञानी हुनुहुन्छ।

यशैया 29:7

धेरै-धेरै जातिहरू अरीएलको विरूद्ध युद्ध गर्न तयार भए यो एक भयानक सपना जस्तो थियो। सैनिकहरूले अरीएललाई घेरेर दण्डित गरे।

यशैया 30:30

परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई विवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति वर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ।

यशैया 31:5

चराहरू आफ्ना गुँडहरूमाथि उडीरहे जस्तै गरी सेनाहरूका परमप्रभुले यरूशलेमलाई बचाउनु हुन्छ। परमप्रभुले उसलाई बचाउनु हुन्छ। परमप्रभुमाथिबाट जानुहुनेछ र यरूशलेमलाई बचाउनु हुनेछ।

यशैया 37:36

त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।

यशैया 46:10

“शुरूमा मैले जो कुराहरू भने ती अन्तमा हुनेछन्। धेरै वर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु।

यशैया 46:11

अनि म मानिसलाई पूर्वबाट बोलाइरहेछु। त्यो मानिस चील जस्तै हुनेछ। उ धेरै टाढा देशबाट आउने छ, म ती कुराहरू गर्ने निर्णय गर्छु। म तिमीलाई भनिरहेछु कि म यो गर्ने छु अनि म गर्ने नै छु। मैले उसलाई बनाएँ र उसलाई ल्याउनेछु।

यशैया 50:11

“हेर, तिमीहरू आफ्नो तरिकाले बाँच्न चाहन्छौ। तिमीहरूले आफ्नो हिसाबले आगो बाल्छौ र राँको सल्काउँछौ। यसकारण आफ्ना तरिकाले नै बाँच्छौ। तर, तिमीहरू दण्डित हुनेछौ। तिमीहरू आफैले बालेका आगो र राँकोमा झरेर स्वयंम जल्ने छौ। म त्यस्तो घट्ना घट्न दिनेछु।”

यशैया 65:7

“तिमीहरूका पापहरू र तिनीहरूका पिता-पुर्खाहरूका पापहरू बराबरी छन्।” परमप्रभुले यसो भन्नुभयो, “पर्वतहरूमा धूपहरू जलाएर ती पापहरू गरे। तिनीहरूले ती पहाडहरूमा मलाई लज्जित पारे। अनि मैले तिनीहरूलाई प्रथम दण्ड दिएँ। तिनीहरूले पाउनुपर्ने दण्ड मैले दिएँ।”

यर्मिया 50:18

यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “म बाबेलका राजा र उसको देशलाई दण्ड दिनेछु त्यही तरीकाले जसरी मैले अश्शूरका राजालाई दण्ड दिएको थिएँ।

इजकिएल 31:10

यसकारण, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “रूख अग्लो भएकोछ। यसले आफ्नो हाँगाहरू बादल सम्म पुर्याएकोछ। यो घमण्डी छ किनकि यो अग्लो छ।

इजकिएल 31:14

“अब फेरि कुनै पनि रूख त्यो पानीले घमण्ड गर्नेछैन। त्यो बादल सम्म पुग्न चाहँदैन। असल पानी लगाएका कुनै पनि रूख अग्लो बढेर जानेछैन। किनकि सबैलाई मृत्यु निश्चित भईसकेकोछ। ती सबै मृत्युको ठाँउ शेओल नामक मृत लोकमा जानेछन्। तिनीहरू अरू मानिसहरूसँग जानेछन जुन मरेर तल खाल्डामा गएकाछन्।”

दानियल 4:37

त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सँधै न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहँकारीहरूलाई विनम्र प्रदान गर्ने क्षमता छ।

दानियल 11:45

उसले आफ्नो राजकीय तम्बु समुद्र अनि सुन्दर पवित्र पर्वतको बीचमा बनाउनेछ। तर आखिरमा त्यो अपवित्र राजा मर्ने छ। जब उसको अन्तिम समय आउँछ, त्यति बेला उसलाई सहायता दिने कोही पनि हुनेछैन।”‘

मत्ती 12:33

“यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्ष नै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ।

मत्ती 15:19

किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्।

1 पत्रुस 4:17

न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरुको के अवस्था हुनेछ?

Interlinear

Choose Theme