Home Bibles ☰ Books यशैया 10:18 · नेपाली बाइबल
यशैया 10:18 · नेपाली बाइबल

तब आगो ठूलो हुन्छ, ठूला-ठूला रूखहरू अनि ठूला अङ्गुरका बोटहरूलाई खरानीमा परिणत गर्छ। अन्तमा प्रत्येक वस्तु यस प्रकारले नाश हुन्छ कि त्यहाँ एक जना मानिस रहने छैन्। अश्शूर यस प्रकारले डडेको मुडा जस्तै नष्ट हुनेछ।

Cross references

2 राजा 19:23

तिमीले आफ्ना राजदूतहरू पठायौ परमप्रभुको अपमान गर्न तिमीले भन्यौ, “म सँगै धेरै मेरा रथहरू लिई अग्ला पहाडमा आएँ। म लबानोनको भित्रसम्म आएँ। मैले लबानोनका अग्ला देवदार रूखहरू असल सल्लाका रूखहरू ढाल। म लबानोनको अग्लो भागमाथि गएँ लहलहाउँदो बनमा पसें।

2 राजा 19:28

पक्कै तिमी म संग रिसाएका थियौ। मैले तिम्रा अभिमानी अपमानका कुराहरू सुने। यसर्थ म तिम्रो नाकमा बल्छी ठोक्छु र म तिम्रो मुखमा मेरो लगाम लगाउँछु। तब म तिमीलाई चारैतिर घुमाउनेछु र तिमी आएकै बाटो भएर तिमीलाई लैजानेछु।”

यशैया 9:18

दुष्टता सानो आगो जस्तै हो। प्रथम, त्यसले सिउँडी र काँढाहरू जलाउँछ। अर्कोपल्ट, त्यसले वनका विस्तृत घाँस र झाडीहरू जलाएर सखाप पार्दछ। अनि अन्तिममा यो भयंकर ठूलो आगो हुन्छ र प्रत्येक कुरा धूवाँमा परिणत हुन्छ।

यशैया 10:33

नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अश्शूरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो। महान र मुख्य मानिसहरू काटिदै, ढालिदै गए-तिनीहरू अब मुख्य रहेनन्।

यर्मिया 21:14

‘तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ। म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु। त्यो आगोले तिमीहरू वरिपरि भएका सारा चीजहरू जलाई दिनेछ।”‘

इजकिएल 20:47

नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ।

Interlinear

Choose Theme