त्यस समय, महान शहर रित्तो हुनेछ, त्यो मरूभूमि जस्तो हुनेछ। सारा मानिसहरू गइसकेका हुनेछन्। तिनीहरू भाग्ने छन्। शहर एक खुल्ला चउर जस्तो हुनेछ। गाई-वस्तुहरूले त्यहाँ खानेछन्। गाई-वस्तुहरूले दाखका हागाँहरूबाट पातहरू खानेछन्।
Cross references
सेनाहरूका परमप्रभुले मलाई भन्नुभयो र मैले सुने, “अब त्यहाँ धेरै घरहरू छन्। तर म प्रतिज्ञा गर्छु कि ती सबै घरहरू ध्वंश हुनेछन्। त्यहाँ सुन्दर र ठूला-ठूला घरहरू होलान् तर सबै रित्ता हुनेछन्।
तब मैले सोधें, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?”परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू ध्वंश हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश ध्वंस भएर खाली छोडिंदैन् तबसम्म तिमीले मैले भने जस्तो गर्नु।”
एउटा समय थियो मानिसहरूले एकपल्ट परिश्रम गर्थे र त्यस पहाडबाट खाद्य उप्जाउँथे। तर त्यसबेला मानिसहरू त्यहाँ जाने छैनन्। त्यो जमीन जङ्गली झारपातहरू र काँढाहरूले ढाकिनेछ खालि गाई-गोरू र भेडाहरू मात्र ती ठाउँमा जानेछन्।”
मानिसहरू अरोएर शहरहरूमा त्यागेर जानेछन्। भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्; त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्।
त्यसबेला शक्तिशाली शहरहरू सबै रित्तो हुनेछन्। ती शहर यी पर्वतहरू जङ्गल हुनेछन् जस्तो इस्राएलका मानिसहरू त्यस भूमिमा आउनु अघि हुने गर्थ्यो बितेका दिनहरूमा त्यहाँका मानिसहरू भागेका थिए। किनभने त्यहाँ इस्राएलीहरू आउँदैथे। फेरि भविष्यमा पनि, त्यो देश रित्तो हुनेछ।
“पूर्ण अस्तव्यस्त” भन्ने नाउँ नै यो शहरलाई सुहाउँछ। शहर ध्वंश पारियो। मानिसहरू घरभित्र प्रवेश गर्न सक्दैनन् ढोकाहरू बन्द भएकाछन्।
तपाईंले शहर ध्वंस पार्नु भयो। यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो। तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ। विदेशी महल नष्ट भयो अब यो कहिल्ये फेरि बनिने छैन्।
मेरा मानिसका जमीनका लागि डाँको छोडेर रूनु। किनभने त्यहाँ काँढा र सिउँडी मात्र उम्रनेछ। ती शहरको निम्ति अनि सबै घरहरूको निम्ति बिलाप गर जुन एक पल्ट आनन्दले भरिपूर्ण थिए।
तपाईंका पवित्र शहरहरू रित्तो छन्। ती शहरहरू उजाड र निर्जन छन्। सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो।
तब म यो मन्दिरलाई शिलोहजस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।”
तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भनेसेनाहरूका परमप्रभु भन्नुहुन्छ “सियोन ध्वंस हुने छ। यो जोतेको खेतझैं हुनेछ। यरूशलेम ढुङ्गाको थाक हुनेछ। परमप्रभुको मन्दिर भएको डाँडा, जगंल र बनमाराहरूको रित्तो डाँडा बनिनेछ।“
सियोन जाने बाटो एकदम उदास छ। तिनीहरू दुखी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन। सियोनका सारा प्रवेशद्वारहरू भत्काईए। सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन् सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो। अनि यी सबै कुराहरूले सियोनप्रति आघात पर्छ।
परमप्रभु शत्रु जस्तै हुनु भएकोछ। उहाँले इस्राएलका सबै राजमहलहरू र सबै किल्लाहरू निल्नु भएकोछ। उहाँले यहूदाको छोरीलाई, यस्तो दुखी र मृत्युमा रूने बनाउनु भयो।
सियोन पर्वत बाँझोभूमि भयो। स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्।
यसकारण, हे इस्राएलका पर्वतहरू हो! परमप्रभु मेरा मालिकको वचन सुन। परमप्रभु मेरा मालिक पर्वतहरू, डाँडाहरू, धाराहरू, बेंसीहरू, खोल्साहरू, उजाड भएका भग्नावेशषहरू अनि छोडिएको शहरहरू जुन चारैतिरबाट अरू राष्ट्रहरूद्वारा लुटिएको अनि हाँसो उडाएको छ भन्छन्।
हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।
एउटा समय आउँदैछ कि तिम्रो शत्रुहरूले तिम्रो वरिपरि वाधाहरू खडा गराऊने छन। तिमीलाई तिनीहरूले वरिपरिबाट घेर्नेछन् अनि तिमी सबै तिरबाट घेरामा पर्नेछौ।
“तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ।