Home Bibles इजकिएल 22:8 · नेपाली बाइबल
इजकिएल 22:8 · नेपाली बाइबल

तिमीहरूले पवित्र चीजलाई घृणा गर्छौ। तिमीहरूले मेरो विश्रामको दिनलाई यस्तो मान्छौ मानौं त्यस दिनको कुनै महत्व छैन्।

Cross references

लेवी 19:30

“तिमीले विश्रामका दिनहरूमा काम नगर। तिमीले मेरो पवित्रस्थानको आदर गर्नुपर्छ। म परमप्रभु हुँ।

इजकिएल 20:13

“‘तर इस्राएलको परिवार मरूभूमिमा मेरो विरूद्धमा उठ्यो। तिनीहरूले मेरो नियमहरू अनुसरण गरेनन्। तिनीहरूले मेरो विधिहरू पालन गर्न अस्वीकार गरे। मानिसहरू जसले यी विधिहरू पालन गर्छन ती जीवित रहनेछन्। तर तिनीहरूले मेरो विशेष विश्रामका दिनहरू यस्तो व्यवहार गरे मानौं यसको केही तात्पर्य नै छैन। मैले मरूभूमिमा तिनीहरूलाई नष्ट गर्ने निर्णय गरें। आफ्नो क्रोधको पूरै शक्तिको अनुभव तिनीहरूलाई गराउन खोजें।

इजकिएल 20:20

यो प्रर्दशित गर कि मेरो विश्रामको दिन तिम्रो निम्ति महत्वपूर्ण छ। याद राख कि तिनीहरू तिम्रो र हाम्रो बीच विशेष प्रतीक होस्। म परमप्रभु हुँ अनि यो पवित्र दिनले यो संकेत गर्छ कि म तिमीहरूका परमेश्वर हुँ।”

इजकिएल 20:21

“‘तर ती नानीहरू मेरो विरूद्ध भए। तिनीहरूले मेरा व्यवस्थाहरू पालन गरेनन्। तिनीहरूले मेरो आदेशहरू मानेनन्। तिनीहरूले त्यो काम गरेनन् जुन मैले भनें, त्यो राम्रो नियम थियो। यदि कसैले उहाँको नियम पालन गर्छ त्यो जीवित रहन्छ। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो काम गरे मानौ तिनीहरूले त्यसको महत्व राख्दैन्। यसकारण मैले तिनीहरूलाई मरूभूमि पूर्ण रूपमा नष्ट गर्ने निश्चय गरें जसबाट तिनीहरूले मेरो क्रोधको पुरै शक्ति अनुभव गर्न सकुन्।

इजकिएल 20:24

“‘इस्राएलका मानिसहरूले मेरो आदेशको पालन गरेनन्। तिनीहरूले मेरो नियमहरू पालन गर्न अस्वीकार गरे। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो गरे मानौ तिनीहरू त्यसको महत्व राख्दैनन्। तिनीहरूले आफ्नो पिता-पुर्खाहरूको अपवित्र मूर्तिहरूको पूजा गरे।

इजकिएल 22:26

“पूजाहारीहरूले मेरो ब्यावस्था भङ्ग गरेका छन्। तिनीहरूले मेरो पवित्र चीजहरू अपवित्र बनाएका छन्। तिनीहरूले पवित्र र अपवित्र वस्तुहरूमा भेद राख्दैनन् अनि तिनीहरूले मानिसहरूलाई सफा र मैला बीचको भिन्नता सिकाउँदैनन्। तिनीहरूले मेरो विश्रामको दिनलाई सम्मान गर्न अस्वीकार गरे। म तिनीहरूको बिचमा अपमानित भएकोछु।

इजकिएल 23:38

तिनीहरूले मेरो विश्रामको दिन अनि पवित्र स्थानहरूमा यस्तो काम गरे मानौं त्यसको कुनै महत्व छैन।

आमोस 8:4

सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्। तिमीहरुले यस देशको गरीबहरु नष्ट पार्न चाहन्छौ।

मलाकी 1:6

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “नानीहरूले तिनीहरूका बाबुहरूलाई आदर गर्दछन्। सेवकहरूले तिनीहरूको मालिकहरूलाई सम्मान गर्छन्। म तिमीहरूको बाबु हुँ,यसकारण तिमीहरूले मलाई किन सम्मान गर्दैनौं? म तिमीहरूकोमालिक हुँ, यसकारण तिमीहरू किन मलाई सम्मान गर्दैनौ? पूजाहारीहरू तिमीहरूले मेरो नाउँलाई सम्मान गर्दैनौ।”तर तिमीहरू भन्छौ, “हामीहरूले के गर्यौं? जो तपाईंले भन्नु हुन्छ हामीले तपाईंको सम्मान गरेनौं।”

मलाकी 1:12

तर तिमीहरूले यो देखाउँछौ कि तिमीहरूले मेरो नाउँलाई सम्मान गरेनौ। तिमाहरू भन्छौ परमप्रभुको टेवल पवित्र छैन्।

Interlinear

Choose Theme