यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”
Cross references
तब म मेरो साँच्चै रीस देखाउनेछु! म तिमीहरूको परमप्रभु, तिमीहरूको पाप परिणामभन्दा सात गुणा वेशी दण्ड दिनेछु।
यहूदाका मानिसहरूले मलाई छोडे अनि अरू देवताहरूका लागि धूपबलि बाले। तिनीहरूले मलाई रीस उठाए। तिनीहरूले धेरै देवमूर्तिहरू बनाए। त्यसै कारणले गर्दा म यस ठाउँको विरोधमा आफ्नो रीस देखाउनेछु। मेरो रीस आगो जस्तो हुनेछ जसलाई थाम्न सकिने छैन।’
यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनुभयो। परमप्रभुले तिनीहरूका विरूद्ध शक्तिशाली युद्धहरू गराउनु भयो। इस्राएलका मानिसहरू जस्तै उहाँले तिनीहरूका वरिपरि आगो लगाइदिनु भयो। तर के भइरहेको थियो भनेर तिनीहरूले जानेनन्। तिनीहरू जलिरहेका जस्तै थिए। तर ती भएका घटनाहरू बारेमा तिनीहरूले जान्न चाहेनन्।
“ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन जसले मेरो विरूद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निभ्ने छैन।”
मैले पृथ्वीमा हेर। यो खाली थियो। यसमा केही पनि थिएन्। मैले आकाशमा हेरें अनि यसको प्रकाश धीमा भइसकेको थियो।
म पर्वतहरूलाई चिच्याएर कराउनेछु। म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन् र त्यहाँबाट कोही पनि हिँडदैनन्। गाई-गोरूहरू रामेको आवाजहरू अब त्यहाँ सुन्न सकिनदैन्। चराचुरूङ्गी सबै उडेर, गइसके अनि पशुहरू पनि गइसके।
कहिले सम्म जमीन सूख्खा रहन्छ? कहिले सम्म घाँस ओइलिन्छ? त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके। तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्, “यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”
जुन मानिसहरूसित अगमवक्ताहरू बोले तिनीहरूलाई यरूशलेमको गल्लीमा फ्याकिनेछ। ती मानिसहरू भोक र तरवारद्वारा शेष हुनेछन। त्यहाँ तिनीहरूलाई दफन गर्नेहरू केही पनि हुने छैन, तिनीहरूका पत्नीहरू अथवा तिनीहरूका छोरा-छोरीहरू पनि हुनेछैनन्। म तिनीहरूलाई तिनीहरूका दुष्ट कर्महरूका निम्ति दण्ड दिनेछु।
तिमीहरूले मैले दिएको भूमि उम्काउनेछौ। विदेशमा तिमीहरूले शत्रुहरूको सेवा गर्नेछौ कारण तिमीहरूले मेरो क्रोधलाई तातो आगो झैं बनायौ जुन सदा सर्वदाका निम्ति बलिरहनेछ।”
“‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ भने; यदि तिमीहरूले विश्रामको दिनमा यरूशलेमभित्र भारीहरू ल्यायौ भने, तिमीहरूले यस दिनलाई पवित्र दिन मानेका हुँदैनौ। यसकारण म आगो सल्काउनु शुरू गर्नेछु जुन निभाउन सकिन्दैन। त्यो आगो यरूशलेमको प्रवेशद्वारहरू देखि शुरू हुनेछ, अनि यरूशलेमको राजमहलहरू जलाउनेछ।”‘
“सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यरूशलेम बासिन्दाहरूमाथि मैले मेरो क्रोध देखाएँ। त्यसरी नै जो मिश्र जाँदैछन् तिनीहरूमाथि क्रोध वर्षाउनेछु। तिमीहरू श्राप, श्राप, अपराध र निन्दाको पात्र बनिनेछौ अनि तिनीहरूले यहूदा फेरि कहिल्यै देख्ने छैनौ।’
यही कारण मैले मेरो क्रोध यहूदा र यरूशलेमका मानिसहरूमाथि देखाएँ। मैले यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूलाई दण्ड दिएँ। मेरो क्रोधको कारणले यरूशलेम र यहूदाका शहरहरू भग्नावशेषमा परिणत भयो अनि आज ती शहरहरू जुन शून्य छन्।”
परमप्रभु रिसाउनु भयो यसर्थ उहाँले इस्राएलको सम्पूर्ण शक्ति ध्वंश पार्नुभयो। उहाँले इस्राएलको सैनिक सामर्थलाई लानु भयो। वहाँले त्यसो गर्नु भयो। जतिबेला शत्रुहरू प्रवेश गरेका थिए। उहाँले याकूबलाई आगोको ज्वाला झैं जलाई दिनुभयो। उनी चारै तिर बल्ने आगो जस्तै भए।
परमप्रभुले आफ्ना शत्रुहरूले झैं आफ्नो धनुमा ताँदो चढाउनुभयो। उहाँले दाहिने हातले काँड तयार पार्नुभयो। उहाँले यहूदाका सबै राम्रा मानिसहरूलाई मार्नु भयो। परमप्रभुले उनको आफ्नो शत्रुलाई झैं हत्या गर्नुभयो। परमप्रभुले आफ्नो रिस सियोनको पालमाथि खनाउनु भयो।
परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो र उहाँले आफ्नो क्रोध पोखाउनु भयो। उहाँले सियोनमा आगो लगाउनु भयो। आगोले सियोन्को जगहरू धराशायी गरिदियो।
“दण्डको समय आई पुगेको छ। त्यो दिन आई पुग्यो। जसले ती चीजहरू किन्छन, तिनीहरू खुशी नहुन्। ती जो खिन्न चीजहरू बेच्छन तिनीहरू पनि खुशी नहुन। किनभने डरलाग्दा दण्ड प्रत्येक मानिसमाथि आउँनेछ।
“तिनीहरूले मानिसहरूलाई चेताउनी दिन तुरही बजाउने छन्। मानिसहरू युद्ध गर्नको निम्ति तयार रहन्छन्। तर तिनीहरू युद्ध गर्न निस्कने छैनन्। किनभने तिनीहरू सबैसित अत्यनतै क्रोधित छु।
नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ।
चाँदी आगोमा पग्लिन्छ अनि कारीगरले चाँदी हाल्छ अनि पगाल्छ। यस्तै प्रकारले शहरमा तिमी पग्लिन्छौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि ‘म नै परमप्रभु हुँ अनि तिमीले सम्झनेछौ कि म नै तिम्रो विरूद्ध आफ्नो क्रोध निकाल्दैछु।”‘
तपाईंको वचन पालन नगरेर सारा इस्राएलीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् अनि त्यसदेखि तर्केकाछन्। परमेश्वरको दास मोशाको व्यवस्थामा देखाईएका आज्ञा र तोकिएका सराप हामीमाथि पानी झैं खनिएकाछन्, किनकि हामीले उहाँको विरूद्धमा पाप गर्यौं।
परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन। कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन। उहाँको क्रोध आगो झैं हुन्छ। जब उहाँ आउनुहुन्छ तब चट्टानहरु पनि टुक्रा-टुक्रा हुन्छन्।
म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उडने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै कुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।
तिनीहरू हठी थिए। तिनीहरुले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे। आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरुलाई वचन पठाउँनुभयो। तर मानिसहरूले त्यो सुनेनन्, यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।
“त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेछ। ती सबै पापी मानिसहरू सुख्खा घाँसजस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।
यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊँ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो।
त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कडा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरु अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ।
तब मैले मन्दिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरु पृथ्वीमा खन्याइदेऊ।”